+
+
Shares

माइक्रोको ठक्करबाट मृत्यु भएका व्यक्तिको सनाखत भएन, शव अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते ७:५९

१ पुस, काठमाडौं । काठमाडौंको वनस्थलीमा माइक्रोको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत नहुँदा शव अलपत्र परेको छ ।

बा ६ झ ९२१९ नम्बरको माइक्रोको ठक्करबाट आइतबार अन्दाजी ४०/४२ वर्षका पैदलयात्रु गम्भीर घाइते भएका थिए । घटनापछि उपचारका लागि उनलाई शुभेच्छा अन्तर्राष्ट्रिय अस्पताल, सितापाइला लगिएकोमा त्यही उनको मृत्यु भएको थियो ।

तर, उनको पहिचान हुन नसक्दा शव अलपत्र परेको छ । मत्युपछि पनि उनको परिवार वा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ ।

बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले ज्यान गुमाउने व्यक्तिलाई चिन्ने कोही भए, प्रहरीमा सम्पर्क गरिदिन अनुरोध गरेका छन् । उनले भने, ‘माइक्रोका चालकविरुद्ध भने सवारी ज्यानअन्तर्गत मुद्दा चलाइसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?