+
+

सिद्धार्थ बैंकद्वारा तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १०:२५

१ पुस, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही क्रममा दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर, एकीकृत कर प्रणाली, मुल्य अभिवृद्धि कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो।

दमौलीको कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी र दुलेगौडाको कार्यक्रममा त्यस क्षेत्रका ३० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए। देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?