Comments Add Comment

पुलिस र हिमालयन शेर्पाबीचको खेल बराबरी 

१ पुस, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस र हिमालयन शेर्पा क्लबले बराबरी खेलेर अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा पुलिस र शेर्पाले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टिमले केही अवसर पाएपनि गोल गर्न भने सकेनन् । भेट्रान फरवार्ड जुमाई राईको कप्तानीमा पुलिस शेर्पाविरुद्ध खेलेको हो । यस्तै मिडफिल्डर भोला सिलवाल, राष्ट्रिय टिमका अजित भण्डारी, रवि शंकर पासवान,  तेज तामाङ अनि राष्ट्रिय टिमबाटै खेलिसकेका फरवार्ड सुमन लामा टिममा रहे पनि पुलिसले हिमालयन शेर्पाविरुद्ध गोल गर्न सकेन ।

उता मान बहादुर तामाङको कप्तानीमा रहेको हिमालयन शेर्पामा विश्वास श्रेष्ठ, किशोर गिरी, रवि थापा जस्ता खेलाडी रहेका छन् । बराबरीपछि दुवै टिमले एक-एक अंक जोडेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment