Comments Add Comment

लामो भोक हड्ताल बसेका मधेसी नेता तिवारीको मिर्गौलामा समस्या

१ पुस, सप्तरी । पटक–पटक भोक हड्ताल बसेका पुराना मधेशी नेता विकास तिवारी मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

भ्रष्टाचार र स्थानीय मुद्दामा पटक पटक भोक हड्ताल बस्दै आएका उनी हाल धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

भ्रष्टाचार गर्नेलाई कारबाही, लोकसेवा आयोगका कार्यालयहरु मधेशका जिल्लामा स्थापना गर्नुपर्ने सहितका माग राख्दै २०६९ साल चैत र २०७० बैशाखमा २१ दिन भोक हड्तालमा बसेका थिए ।

यस्तै राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार्नुपर्ने र जनताले निःशुल्क पाउनुपर्ने औषधि दिनुपर्ने माग राख्दै २०७३ साल मंसिरमा १८ दिन लामो भोक हड्ताल बसेका थिए ।

२१ दिनसम्म भोक हड्ताल बस्दा तत्कालिन मन्त्री उमाकान्त झाले उनीसँग सम्झौता गरेका थिए भने १८ दिने भोक हड्तालमा तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले सम्झौता गरेका थिए ।

त्यसअघि उनी २०६८ सालमा राजविराज–भारदह सडक खण्डको निर्माणको माग गर्दै आन्दोलन गर्ने क्रममा पक्राउ परेका उनी जिल्ला प्रहरी कार्यालय, सप्तरीको हिरासतमै ५८ घण्टा भोक हड्ताल बसेका थिए ।

बारम्बार जनताको अधिकारका निम्ति भोक हड्ताल बसेका तिबारीले नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) को का संस्थापक हुन् ।

उपचारमा रकम अभाव

पछिल्लो केही महिनायता वाकवाकी लाग्ने, कमजोरी महसुस हुने भएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जचाउँन आएका थिए ।

त्यस क्रममा उनको मिर्गौलामा समस्या देखिएको र थप उपचारका लागि चिकित्सकले धरान जान सुझाव दिएका थिए । धरानमा चिकित्सकले भर्ना हुनुपर्ने र उपचारका लागि तत्काल १ लाख रुपैयाँ आवश्यक पर्ने बताएका तिवारीले टेलिफोनमा बताए ।

गत शुक्रबार नै उनी धरान गएपनि रकम नहुँदा पुनः घर फर्केर छिमेकीसँग ऋण लिई उपचारका निम्ति आइतबारदेखि भर्ना भएका छन् । ‘व्यक्तिको मिर्गौलाको अवस्था १.३ मा नर्मल हुन्छ’ उनले भने, ‘मेरोमा संक्रमण बढेर १.९ को स्थिति पुगेको छ ।’

तिवारीले अगाडि भने ‘जसोतसो ऋण लिएर अहिले उपचार गराउन आएको छु, थप उपचार गर्न समस्या छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment