+
+
Shares

काठमाडौंमा वर्षकै चिसो, न्यूनतम तापक्रम ३.७ डिग्री मापन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १२:०६

२ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा बुधबार बिहान ३.७ मापन भएको हो ।

मौसमविद वरुण पौडेलले बुधबार बिहान साढे ६ बजे न्यूनतम तापक्रम ३.७ डिग्री मापन भएको जानकारी दिए । उनका अनुसार, काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । तापक्रम अझै घट्ने अनुमान छ ।

तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु कुहिरोका कारण तराईका जिल्लामा हुने हवाई उडान प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?