Comments Add Comment

पीपीएलमा ज्ञानेन्द्रको विस्फोटक ब्याटिङ, ३७ बलमै शतक

२ पुस, पोखरा । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पोखरा प्रिमियर लिग (पीपीएल) विष्फोटक ब्याटिङ गरेका छन् र पहिलो शतक आफ्नो नाममा लेखाएका छन् ।

बुधबार धनगढी ब्लुजविरुद्ध काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्रले ३७ बलमै शतक प्रहार गरे ।

यो पीपीलएकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे ।

मल्ल चौथो नम्बरमा ब्याटिङ गर्न आएका थिए । सुरुबाटै उनले विपक्षी बलरहरुमाथि आक्रमण गर्न थालेका थिए । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरेका थिए ।

शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए । उनको इनिङको मद्दतले काठमाडौंले निर्धारित १७ ओभरमा १८५ रनको विशाल योगफल खडा गरेको छ ।

काठमाडौंले अघिल्ला दुई म्याचमा पराजय व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment