+
+
Shares

चिसो बढेपछि धनगढी उपमहानगरपालिकामा दुईदिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते १३:२४

३ पुस,  काठमाडौं । अत्याधिक चिसो बढेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान शिक्षा सरोकारसँग बसेको बैठक पछि उपमहानगरपालिकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

केहीदिन देखि मौसममा आएको खराबीका कारण चिसो बढ्न जाँदा विद्यालय नियमित सञ्चालन गर्न कठिनाइ भएपछि उपमहानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णयमा पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?