Comments Add Comment

ए डिभिजन लिगको पहिलो चरणमा के-के भयो ?

१० खेलाडीले गरे १३ गोल, ३ क्लबले जोडे ३ अंक

गोलको खुशी मनाउँदै मनाङ मर्स्याङ्दीका खेलाडी विमल राना । तस्वीर : एन्फा ।

३ पुस, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग २०७६ को पहिलो चरणका ७ खेल सकिएका छन् । मंसिर २८ गतेबाट शुरु भएको लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजन लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पनि आयोजना गरेको छ । सथै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि लिग भइरहेको छ ।

दशरथ रंगशाला पुनर्निर्माणपछि पहिलो पटक रंगशालमा लिग फर्किएको हो ।

पहिलो चरणमा सात खेल हुँदा ५ खेलमा हारजितको नतिजा आएको थियो । दुई खेल भने गोलरहित बराबरीमा सकिए ।

यस सिजन लिगमा रेलिगेसनको प्रावधान छ र पुछारमा रहने एक क्लब रेलिगेनसमा पर्नेछ । गत सिजन रेलिगेसन नहुँदा अन्तिम दुई स्थानमा रहेका क्लबले पहिलो चरणमै ऋणात्मक अंक समेत तिरेको छ ।

१३ औं मा रहेको मछिन्द्र क्लबले १ र १४ औं स्थानमा रहेको एनआरटीले २ अंक ऋण तिरेको हो । दुवै क्लबले पहिलो चरणमा क्लिनसिट राख्दै जित हात पारेको हो । दुई क्लबले ऋण अंक तिरेपछि पहिलो चरणमा स्पष्ट ३ अंक जोड्नेमा ३ टिम मात्र रहेका छन् । साविक विजेता मनाङ मर्स्याङ्दीसंगै च्यासल र आर्मीले ३ अंक जोडेका छन् ।

यस्तै साविक विजेता मनाङ मर्स्याङदी क्लबले पनि जितबाट उपाधि रक्षा अभियान शुरु गरेको छ । तर पूर्वच्याम्पियन नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले भने पहिलो चरणमा गोलरहित बराबरीमा चित्त बुझाउनुपर्‍यो । साविक उपविजेता संकटा भने यस सिजन पहिलो खेलमै च्यासल युथ क्लबसंग पराजित भयो ।

पुलिस हिमालयन शेर्पा क्लबसंग तथा थ्रीस्टार क्लब जाउलाखेल युथ क्लबसंग बराबरीमा रोकिएको हो ।

यस सिजन उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्सलाई हराउन संघर्ष गर्नुपर्‍यो । मछिन्द्र र एनआरटीसंगै च्यासल युथ क्लब र मनाङले भने गोल नखाई जित हात पारेको हो ।

 

पहिलो चरणको नतिजा

मछिन्द्र क्लब २-० ब्रिगेड ब्वाइज क्लब

त्रिभुवन आर्मी क्लब २-१ फ्रेण्ड्स क्लब

च्यासल युथ क्लब २-० संकटा क्लब

एनआरटी क्लब ४-० सरस्वती युथ क्लब

नेपाल पुलिस क्लब ०-० हिमालयन शेर्पा क्लब

थ्री स्टार क्लब ०-० जावलाखेल युथ क्लब

मनाङ मर्स्याङ्दी क्लब २-० एपीएफ

पहिलो चरण तथ्यांकमा

खेल : ७

जित/हात : ५

गोलरहित बराबरी : २

क्लिनसिट : ८

पहेँलो कार्ड : २०

रातो कार्ड : १ (दोहोरो पहेँलो कार्ड)

रातो कार्ड पाउने खेलाडी : लक्ष्मण रुचाल (संकटा क्लब)

कूल गोल : १३

गोल गर्ने खेलाडी : १०

सर्वाधिक गोलकर्ता

सन्तोष साहुखल, सरोज तामाङ, विमल राना : २ गोल

योगेश गुरुङ, दिपक राई, नवयुग श्रष्ठ, दिनेश हेन्जन, शक्ति राई, जुनिएर निकेनगुए, जोर्डन ओवाना : १ गोल

क्लिनसिट

विशाल श्रेष्ठ, सूर्य अधिकारी – मछिन्द्र

एलन न्यौपाने – च्यासल

अजित प्रजापति – एनआरटी

शत्रुघन चौधरी – नेपाल पुलिस

विनय श्रेष्ठ – हिमालयन शेर्पा

प्रिसो निएङ्गा – थ्री स्टार

टेकेन्द्र थापा – जावलाखेल

दिप कार्की – मनाङ

अंक तालिका

क्लब खेल जित हार बराबरी गोल गरेको गोल खाएको गोल अन्तर अंक
मनाङ मर्स्याङदी केलब
च्यासल युथ क्लब
त्रिभुवन आर्मी क्लब
मछिन्द्र क्लब २*
एनआरटी क्लब १**
थ्री स्टार क्लब
नेपाल पुलिस क्लब
हिमालयन शेर्पा क्लब
जावलाखेल युथ क्लब
१० फ्रेण्ड्स क्लब -१
११ संकटा क्लब -२
१२ एपीएफ क्लब -२
१३ ब्रिगेड ब्वाइज क्लब -२
१४ सरस्वती युथ क्लब -४

*गत वर्ष पूछारबाट दोस्रो भएङ्को मछिन्द्रले १ अंक ऋण तिरेको छ ।

** गत वर्ष अन्तिम भएको एनबरटीले २ अंक ऋण तिरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment