+
+
Shares

नेकपा बैठकमा नेता नेपाल : मसँग हिँड्नुस्, जनता के भन्छन् देखाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते १७:५९

३ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले राम्रो काम गरेको छ भन्नेहरुलाई जनतामाझ जान चुनौती दिएका छन् ।

पार्टी स्थायी कमिटीको बिहीबार बसेको बैठकमा नेता नेपालले गल्ती कमजोरी स्वीकार गर्न र सच्चिन नेतृत्व तयार हुनुपर्ने बताए । ‘सरकारले राम्रो मात्र गरेको छ भन्ने ठीक होइन’, उनले भने, ‘मसँग हिँडे हुन्छ, जनताले के भन्छन् देखाउँछु ।’

उनले पार्टी विधि पद्धती अनुसार भएन भनेर आत्मालोचना गर्ने, तर फेरि त्यही गल्ती दोहोर्‍याउन आग्रहसमेत गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेकपा अन्तराष्ट्रिय विभाग प्रमुख समेत रहेका नेता नेपाले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन इण्डो प्यासिफिक रणनीति अन्तर्गत हो भन्ने बुझाईका कारण समस्या भएको भन्दै यसलाई प्रष्ट पार्नुपर्ने धारणा राखेका छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि राजनीतिक प्रतिवेदनमा बीआरआई र इण्डो प्यासिफिक रणनीतिलाई जसरी प्रस्तुत गरिएको छ, यो गलत भएको बताएका छन् । साथै जनताको समाजवाद उन्मुख जनताको जनवादलाई पार्टीको तत्कालीन कार्यक्रम बनाउनु गलत भन्दै विरोध गरेका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रतिवेदनको अन्तराष्ट्रिय पक्ष पुनर्लेखन गर्नुपर्र्ने धारणा राखेका छन् भने नेता ईश्वर पोखरेलले सरकारको कामबारे नकारात्मक पक्षमा चर्चा गरिएको भन्दै प्रतिवेदन सच्याउनुपर्ने मत राखेका छन् ।

बिहीबारबाट सुरु भएको नेकपा बैठकमा अब महासचिव विष्णु पौडेलले बोल्न बाँकी छ । त्यसपछि छलफलमा उठेका प्रश्नहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?