Comments Add Comment

काठमाडौं म्याराथनको तयारी पूरा, विजेतालाई ५० हजार

३ पुस, काठमाडौं । आगामी शनिबार हुने १३ औं काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ ।

काठमाडौं म्याराथनमा महिला तथा पुरुष म्याराथन तथा हाफ म्यारथन, कर्पोरेट रिले, ५ किमी खुला दौड, ५ किमी छात्र तथा छात्रा दौड र ३ किमी ह्विलचेयर दौड समावेश गरिएको छ । यस पटक पहिलो पटक युवालाई लक्षित गर्दै ‘फेमिली रन’ पनि समावेश गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रो स्पोर्टसकी कार्यकारी निर्देशक बाग्मती राईले जानकारी दिइन् ।

नेपालमै पहिलो पटक म्याराथनमा टाइम चिप्सलाई प्रयोग गर्न लागिएको आयोजकले जनाएका छन् ।

काठमाडौं म्याराथनमा धेरै विदेशी खेलाडीलाई सहभागी गराउने र नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको कार्यकारी निरदेशक राईले जानकारी दिइन् । म्याराथन, हाफ म्याराथन तथा ५ किमी दौडका लागि ५ हजार खेलाडी अपेक्षा गरिएको र हालसम्म ५० विदेशी खेलाडीले नाम दर्ता गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

म्याराथनका लागि प्रदेश ३ सरकार र काठमाडौं महानगरपालिकाले ५-५ लाख तथा भक्तपुर नगरपालिकाले १ लाख सहयोग गर्नेछ ।

म्याराथनतर्फ महिला र पुरुष दुवैको विजेताले समान ५० हजार प्राप्त गर्नेछन् भने दोस्रोले २० र तेस्रोले १५ हजार पाउनेछन् । यस्तै हाफ म्याराथनतर्फ महिला र पुरुष विजेताले २० हजार पाउनेछन् भने दोस्रोले १३ र तेस्रोले ७ हजार पाउनेछन् ।

यस्तै यस पटक देखि हुन लागेको रिले हाफ म्याराथनको विजेताले नगद २० हजार पाउनेछन् भने दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment