Comments Add Comment

जीविकोपार्जन सुनिश्चित गरिदिन बर्हिगमित लडाकुको माग

३ पुस, काठमाडौं । शान्ति प्रक्रियापछि सैन्य गतिविधि छाडेका बर्हिगमित लडाकुले आफूहरुको जीविकोपार्जन सुनिश्चित गरिदिन सरकारसँग माग गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले संक्रमणकालीन न्यायसम्बन्धी विषय छिटो टुंग्याउन पनि माग गरे ।

बर्हिगमित लडाकु राजेन्द्र सेञ्चुरीले सशस्त्र युद्धले देशमा उथलपुथल ल्याएको तर शान्ति प्रक्रिया सुरु भएको १० वर्षसम्म पनि आफूहरुको व्यवस्थापन नभएको दुखेसो गरे ।

तत्कालिन माओवादी सेना नेपाली सेनामा समायोजन हुँदा ४००९ जना अयोग्य भनेर बाहिरिएका थिए । उनले शान्ति सम्झौतामा उल्लेख भएअनुसार आफूहरुको जिविकोपार्जको सुनिश्चितता सरकारले गरिदिनुपर्ने बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य मञ्जला झाले सरकारलाई सत्य निरुपण तथा मेलमिलापसम्बन्धी ऐन संशेधनमा सरकारदाई दबाब दिन आग्रह गरिन् । द्वन्द्वमा १०/१२ बर्षका बालबालिकासमेत प्रयोग भएको भन्दै उनले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment