+
+

नेवि संघमा अड्कियो देउवा र पौडेल समूहको वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते २१:०७

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र रामचन्द्र पौडेल समूहको वार्ता नेवि संघमा अड्किएको छ ।

चाक्सीबारीस्थित प्रकाशमान सिंह निवासमा भएको वार्तामा दुबै पक्ष आ-आफ्नो अडानमा रहे । ‘उहाँ (उपसभापति विमलेन्द्र निधि) ले चार महामन्त्रीबाट घट्नु भएन । अध्यक्ष र महामन्त्री पनि लिन्छौं भन्नुभयो । हामी त्यसमा सहमति हुन सकेनौं’, पौडेल समूहका नेता हृदयराम थानीले भने ।

झण्डै दुई घन्टासम्म भएको वार्तामा पौडेल समूहले भने तरुण दल र नेवि संघमध्ये एकको नेतृत्व आफूहरुले पाउनुपर्ने अडान लिएको छ । साथै नेवि संघमा चार महामन्त्री राख्न नहुने तथा अध्यक्ष, उपसभापति, महामन्त्री र कोषाध्यक्षमा भागवण्डा मिलाउनु पर्ने प्रस्ताव गरेको छ ।

नेवि संघबारे सहमति नजुटेपछि भोलि फेरि छलफल गर्ने भन्दै दुवै पक्ष उठेका छन् ।

१४औं महाधिवेशनको कार्यतालिका बनाउन माग गर्दै वरिष्ठ नेता पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएको छ । दुई पक्षबीच विभागहरु गठन तथा भ्रातृ संगठनहरु तरण दल र नेवि संघबारे पनि सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?