
कुनैपनि रोग निदानका लागि हामी औषधि सेवन गर्छौ । रोगको प्रकृति अनुसार औषधि भिन्न-भिन्नै मात्र हुँदैन, त्यसको मात्रा र सेवन गर्ने विधिमा पनि एकरुपता हुँदैन ।
औषधिको प्रेस्किप्सन लिइरहेको समयमा चिकित्सकले औषधि खाने तरिका र समय पनि बताएका हुन्छन् । यद्यपि चिकित्सकको सल्लाहलाई हामी बेवास्ता गर्छौ । जसले गर्दा उक्त औषधिले जति प्रभाव पार्नुपर्ने हो, त्यति पार्दैन । अझ कतिले त ‘साइट इफेक्ट’ हुनसक्छ । त्यसैले औषधि सेवनको समयमा केही कुरामा ख्याल गर्नैपर्छ ।
चिकित्सकसँग पुरा सल्लाह लिनुहोस्
– चिकित्सकले प्रेस्किप्सन दिइसकेपछि एकपटक राम्ररी पढ्नुहोस् । ताकि त्यहाँ दिइएको औषधिबारे जान्न सकियोस् ।
– चिकित्सकसँग राम्ररी बुझ्नुहोस् कि औषधि कहिले खाने र कसरी खाने । खानापछि वा अघि खाने भन्ने सम्बन्धमा पनि स्पष्ट हुनुपर्छ ।
– उक्त औषधि सेवन गरेको समयमा के-कस्ता खानपानमा पहरेज गर्नुपर्छ भन्ने कुरापनि बुझौं ।
– कति औषधि रोग निको भइसकेपछि पनि पुरा डोज लिनुपर्ने हुन्छ । कति रोग निको नभएसम्मका लागि मात्र सेवन गर्नुपर्ने हुन्छ । यसबारे पनि स्पष्ट हुनुपर्छ ।
-कतिपय औषधि सेवनपछि त्यसले केही असरहरु गर्छ । त्यस सम्बन्धमा चिकित्सकसँग बुझ्नुपर्छ ।
औषधि खरिद गर्दा
– चिकित्सकको पेस्किप्सन अनुसारकै औषधि खरिद गर्नुपर्छ । औषधि पसलबाट दिइएको औषधि र चिकित्सकको प्रेस्किप्सनमा दिइएको औषधि मिल्छ कि मिल्दैन हेर्नुपर्छ ।
-औषधिको एक्सपायर डेट ख्याल गर्नुपर्छ ।
-सम्भव भएसम्म एकै स्टोरबाट औषधि खरिद गर्नु राम्रो हो । यसले गर्दा उक्त पसलेलाई तपाईंले सेवन गरिरहेको औषधिबारे थाहा हुन्छ ।
औषधि सेवन गरेको बेला
-औषधि सेवन गर्ने समयमा चिकित्सिकले दिएको निर्देशनलाई अवश्य पालना गरौं । खाना अघि वा पछि खाने हो भन्ने कुराको पनि ख्याल गर्नैपर्छ ।
-सकेसम्म एउटै समय तालिकामा औषधि सेवन गरौं ।
-औषधि कति मात्रामा सेवन गर्नुपर्ने हो, त्यस कुरालाई राम्ररी फलो गर्नुपर्छ ।
-चिकित्सकको परामर्श बिना औषधिको डोज बढाउने वा घटाउने गर्नुहुँदैन ।
-मदिरापान गरेको अवस्थामा औषधि सेवन गर्नुहुँदैन ।
-एउटा रोगको औषधि सेवन गरिरहेकाले अर्को औषधि सुरु गर्दा चिकित्सकको सल्लाह लिनैपर्छ ।
– कतिपय यस्तो औषधि हुन्छन् । जो एकसाथ सेवन गर्नुहुँदैन ।
-औषधि पानीसँग लिने हो भने पर्याप्त पानी पनि पिउनुपर्छ । औषधि निल्नका लागि मात्र होइन ।
लापरवाही नगरौं
-आफ्नो मर्जी अनुसार पुरानो प्रेस्किप्सन अनुसार औषधि सेवन नगरौं ।
-औषधि सेवन गर्दा पेट दुख्यो सुन्नियो भने चिकित्सकसँग तुरुन्तै सम्पर्क गर्नुपर्छ ।
-केही पटक प्रयोग गरिसकेको औषधि पुन प्रयोग नगरौं ।
-यात्राको क्रममा आफूलाई आवश्यक औषधिको जोहो गर्नुपर्छ ।
किन खाना अघि र खाना पछि खाइन्छ ?
कति औषधि खानापछि खानुपर्छ भने कुनै खाली पेटमा । किन त ?
खानाअघि वा खाली पेटमा
केही यस्तो औषधि हुन्छ । जो पानीसँग चाँडै घुल्छ र असर गर्छ । यदि त्यसलाई खानापछि वा खानासँग खाइयो भने खानासँग घुल्न समय लाग्छ । जसले औषधिको असर कम हुन्छ । त्यस्तै खानामा रहेको नुन, पोटासियम जस्ता तत्वसँग घुलिन्छ र प्रभावकारी हुँदैन ।
खानापछि किन खाने ?
कति औषधि यस्ता हुन्छन्, जो पेटमा गएर एसिडिटीको कारण बन्छ । त्यसले पेटको दुखाई, वान्ता हुनसक्छ । त्यसैले उक्त औषधिलाई खानापछि मात्र खानुपर्ने हुन्छ ।
प्रतिक्रिया 4