+
+
Shares

कन्सल्टेन्सीको आडमा ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १३:३४

४ पुस, काठमाडौं । प्रहरीले कन्सल्टेन्सीको नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतली बजार–२ का २७ वर्षीय रोहिन भनिने नेत्रबहादुर घर्ती छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले बिहीबार पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए ।

थापाका अनुसार उनले ओशो भिजन कन्सल्टेन्सी र हर्ट इन्टरनेश्नलको निर्देशक भएको बताएर वैदेशिक रोजगारमा जान खोज्ने व्यक्तिलाई ठगेको विषयमा उजुरी परेको थियो ।

त्यसम्बन्धमा विस्तृत अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?