+

मछिन्द्र हारबाट जोगियो

२०७६ पुष  ४ गते १४:२६ २०७६ पुष ४ गते १४:२६
मछिन्द्र हारबाट जोगियो

४ पुस, काठमाडौं । अन्तिम समयमा गरेको गोलसँगै मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हार टारेको छ ।

शुक्रबार भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले सन्तोष साहुखलको गोलबाट अग्रता लिएको थियो । उनले २७ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट हाफ भली गोल गरेका थिए । जारी लिगमा उनको यो तेस्रो गोल हो ।

दोस्रो हाफमा मछिन्द्रले च्यासलमाथि दबाब बनायो । तर गोल गर्न सकिरहेको थिएन ।

८८ औं मिनेटमा विशाल राईको पासमा देवेन्द्र तामाङले मछिन्द्रका लागि बराबरी गोल फर्काए । इन्जुरी टाइममा च्यासलका तपयागा नाकामुराको फ्रिकिक मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय