Comments Add Comment

अपराध अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : प्रधानन्यायाधीश जबरा

४ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समाजमा न्याय र कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्ने बताएका छन् ।

प्रहरी र सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले फौजदारी न्याय प्रणालीमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको सक्षमता र निष्पक्षता आवश्यक मानिने बताए ।

बदलिँदो परिस्थितिअनुसार अनुसन्धानकर्ता र अभियोजनकर्ताको क्षमतावृद्धिमा पनि ध्यान दिनुपर्ने प्रधानन्यायाधीश जबराले बताए । ‘एउटा निकायको सक्षमताले मात्र सुदृढ र सक्षम न्याय प्रणालीको गन्तव्य भेट्न सकिदैन’ उनले भने ।

गत वर्षदेखि लागू भएका संहिता कानूनहरु विस्तृत, जटिल र महत्वपूर्ण रहेको भन्दै प्रधानन्यायाधीश जबराले तिनको प्रयोगमा एकरुपता त्यत्तकै आवश्यक रहेको बताए । ‘संहिता कानूनको कार्यान्वयन जति राम्रो गर्न सक्छौं भविष्यमा त्यति नै मार्गदर्शन बन्न सक्छन्’ उनले भने ।

फौजदारी न्याय प्रणालीमा परम्परागत मापदण्डले मात्र नपुग्ने भन्दै उनले यसमा समय अनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment