+

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जित

२०७६ पुष  ४ गते १७:१४ २०७६ पुष ४ गते १७:१४
ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जित

४ पुस, काठमाडौं । ब्रिगेड ब्वाईज क्बलले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

अन्तिम तीन मिनेटमा २ गोल गर्दै ब्रिगेडले फ्रेण्ड्सलाई २-० ले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजका लागि जय गुरुङले ८७ औं मिनेटमा पहिलो गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा रोसन राना मगरले गोल थपेपछि ब्रिगेड ब्वाइज २-० ले विजयी भयो ।

यसअघि पहिलो खेलमा ब्रिगेड ब्वाइज मछिन्द्रसंग पराजित भएको थियो ।

फ्रेन्डस क्‍लब भने यसअघि पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय