Comments Add Comment

कालिका र जनसेवी लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति

४ पुस, काठमाडौं । स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र पर्वतको कुश्मा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् । यसका लागि राष्ट्र बैंकले शुक्रबार अन्तिम स्वीकृती दिएको छ ।

मर्जरपश्चात संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने गरी राष्ट्र बैंकले स्वीकृती दिएको हो । नयाँ संस्थाको अध्यक्षता साविक जनसेवीका अध्यक्ष विकास गौचनले गर्ने भएका छन् । यस्तै, पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिकाका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहने भएको नयाँ संस्थाको सीईओको जिम्मेवारी कालिका लघुवित्तका सीईओ मिनबहादुर बोहरालाई दिने सहमति भएको छ । अन्तिम सहमति पश्चात एक महिनाभित्र एकिकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

संस्थागत रुपमा कालिका लघुवित्तको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पुँजी पचास करोड, जारी पुँजी दश करोड असी लाख तथा चुक्ता पुँजी दश करोड असी लाख रुपैयाँ रहको छ । जनसेवी लघुवित्तको अधिकृत पुँजी तीस करोड, जारी पुँजी १४ करोड ४३ लाख ३० हजार र चुक्ता पुँजी पनि १४ करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको छ । गाभिएपछि बन्ने संस्थाको कुल अधिकृत पुँजी ५० करोड, जारी तथा चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ बराबर हुनेछ ।

दुबै संस्थाको गरी हाल कुल ९६ वटा शाखा कार्यालयमा करिब ४ सय कर्मचारीहरुबाट ५७ हजार ५ सय सक्रिय सदस्यहरुलाई सेवा दिइरहेका छन् भने ३१ हजार ऋणी सदस्यहरु रहेका छन् । दुबै संस्थाले सदस्यहरुबाट ९८ करोड ५३ लाख बचत संकलन तथा बैंक वित्तीय संस्थाहरुबाट १ अर्ब २० करोड कर्जा लिई कुल २ अर्ब ४८ करोड रुपैयाँ सदस्यहरुलाई लगानी गरिरहेको छ ।

हाल दुबै संस्थाले २६ वटा जिल्ला मार्फत सेवा पुर्याइरहेकोमा यसै आर्थिक वर्ष भित्रमा थप ३० वटा शाखा विस्तार गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment