Comments Add Comment

सुभाङ्गी र ईशा उपाधीनजिक

४ पुस, काठमाडौं । सुभाङ्गी लक्ष्मी शाह र ईशा श्री शाह १७ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको छात्रा यु – १४ मा उपाधी नजिक पुगेका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा सुभाङ्गीले अजा रेग्मीलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै फाईनल पुगेकी हुन् । अव उनले उपाधीका लागि ईशासंग प्रतिस्पर्धा गर्नुपर्नेछ । ईशाले आईशा डोलकर गुरुङ्गलाई ६–०, ४–६, ६–३ को जित निकाल्दै सुभाङ्गी संगको भेट पक्का गरेकी हुन् ।

जयकर टेनिस एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको छात्रा यु – १२ तर्फ ईभा अधिकारी र सुनिरा थापाले फाईनल यात्रा तय गरे । ईभाले प्रशंसा मोक्तानलाई ६–२, ७–५ ले तथा सुनिराले जेनी खड्कालाई ३–६, ६–२, ६–३ ले पराजित गरे । यस्तै यु १० तर्फ प्राज्ना मानन्धर र समृद्धि महर्जन फाईनल प्रवेश

गर्न सफल भए । प्राज्नाले सैभी ढकाललाई ६–३, ४–६, १०–४ ले तथा समृद्धिले लाशा प्रजापतीलाई ६–२, ६–३ले पराजित गरे । यु–९ तर्फ शिभाली गुरुङ्गले प्राज्ना मानन्धरलाई ४–२, ०–४, ४–१ ले पराजित गर्दै फाईनल प्रवेश गरिन् ।

यस्तै कर्मिष्ठा नुगाले जु सिङ्गोईलाई ४–०, ४–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा शिभाली संगको भेट पक्का गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment