Comments Add Comment

‘संझना विर्सना’मा पूजा र आकाशको यस्तो गेटअप

चलचित्र ‘संझना विर्सना’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा पाको उमेरको भूमिकामा देखिएका छन् । योसँगै चलचित्रको दृश्यको छायांकन सकिएको छ । अब गीतको मात्र छायांकन बाँकी रहेको नायिका पूजा शर्माले जानकारी दिइन् ।

यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ । चलचित्रको क्लाइमेक्समा पूजा र आकाशलाई पाको उमेरमा देखाइएको छ । चलचित्रलाई निमेष प्रधानले निर्देशन गरेका हुन् । आदित्य प्रधान र रेविका प्रधान यो चलचित्रका निर्माता हुन् ।

चलचित्रको छायांकन सिलगुडी, दार्जिलिङ्ग र सिक्किममा गरिएको छ । पूजाले सामाजिक संजालमा फोटो शेयर गर्दै वर्ष भन्दा पनि खुशी चिन्न आवश्यक रहेको लेखेकी छिन् ।

पूजा र आकाशको जोडीले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ तिहारमा रिलिज भएको थियो । यो जोडीले अभिनय गरेको अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ रिलिजको लागि तयार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment