+
+
Shares

झारखण्ड विधानसभा चुनाव : कांग्रेस गठबन्धनलाई बहुमतको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते ११:३७

७ पुस, काठमाडौं । भारतको झारखण्ड विधानसभामा कांग्रेस नेतृत्वको गठबन्धले बहुमत हासिल गर्ने संकेत देखिएको छ ।

सोमबार बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा महागठबन्धन (कांग्रेस, झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दल)ले ४१ सिटमा अग्रता कायम राखेका छन् । एक्लै चुनाव लडेको भारतीय जनता पार्टी (भाजपा) भने २९ सिटमा अगाडि छ । अन्य दल ११ सिटमा अगाडि छन् ।

झारखण्डमा ८१ सिटका लागि विधानसभा निर्वाचन भएको थियो । बहुमतका लागि ४१ सिट आवश्यक पर्छ ।

झारखण्डमा पाँच चरणमा निर्वाचन गरिएको थियो । कडा सुरक्षाबीच मतगणना जारी छ ।

राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले झारखण्डमा महागठबन्धन विजयी हुने र हेमन्त रोरेन मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।

भाजपाका रघुबर दास झारखण्डको पहिलो यस्तो मुख्यमन्त्री हुन्, जसले पाँच वर्षे कार्यकाल पूरा गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?