+
+
Shares

नाङ्लेभारेमा सडक छेउका घरमा डोजर

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते १४:२३

७ पुस, काठमाडौं । ६ बर्षअघि नै मुआब्जा दिएको घर र जग्गा स्थानीयले नछाडेपछि साँखुमा ती संरचना भत्काउन जनप्रतिनिधि नै खटिएका छन् ।

शंखरापुर नगरपालिका – १ नाङ्लेभारेको बजारमा सरकारले अधिग्रहण गरिसकेको जग्गामा रहेका पसल, घरका पेटी डोजर लगाएर भत्काइएको शंखरापुर नगरपालिका १ का वडाअध्यक्ष श्याममणि ढुंगानाले बताए ।

६ बर्षअघि नै मुआब्जा बुझे पनि स्थानीयले यो ठाउँ खाली गरेका थिएनन् । ‘हामीले पटकपटक पसल, टहरो भत्काउन अनुरोध गर्दा पनि नभत्काएपछि ती पसल, घरका पेटी भत्काइएको हो’, उनले भने ‘उनीहरु त्यहाँ जबरजस्ती बसिरहेका थिए ।’

सोमबार नाङ्लेभारे बजारमा ६ वटा घरका पेटी भत्काइएको छ । वडाअध्यक्ष ढुंगानाका अनुसार सडक १० मिटर फराकिलो पार्नको लागि ६ वर्षअघि नै स्थानीयको जग्गाको मुआब्जा वितरण गरिएको थियो । अहिले सडक विस्तार गर्ने क्रममा मुआब्जा वितरण भइसकेको जग्गा खाली गराइएको हो ।

नाङ्लेभारे चौकीदेखि नाङ्लेभारे बजारसम्मको सडक १० मिटर फराकिलो बनाएर ढलान गर्ने तयारी भएको वडाध्यक्ष ढुंगानाले बताए । यो सडकको लम्बाइ करिब १७ सय मिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?