Comments Add Comment

सूचना प्रविधि विधेयक पारित गर्ने प्रयास दोस्रो पटक पनि असफल

फाइल तस्वीर ।

८ पुस, काठमाडौं । सूचना प्रविधि विधेयकमा कांग्रेस सांसदहरुको असहमतिका कारण प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठक दोस्रोपटक स्थगित भएको छ । मंगलबारको बैठकबाट विधेयक पारित गर्ने तयारी थियो । तर, मंगलबार पनि कुरा नमिलेपछि बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

यसअघि ६ असारमा पनि कांग्रेस सांसदहरुको असहमतिका कारण समितिको बैठक स्थगित गरिएको थियो ।

कांग्रेसले विधेयकमा आफ्नो फरक मतका सम्बन्धमा अडान लिँदै आएको छ । मंगलबार पनि कांग्रेस सांसदहरु अडानमा कायमै रहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । तर, आधा घण्टापछि पनि बैठक बस्न नसकेपछि आइतबारसम्मका लागि बैठक स्थगित गरियो ।

विधेयकमा कुनै व्यक्तिलाई सामाजिक सञ्जालमा निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

यो प्रावधानमा कांग्रेसले आफ्नो फरक मत राखेको छ । विधेयकको दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था भएको दफा ८८ र सामाजिक सञ्जालमा सम्प्रेषण गर्न बन्देज गर्ने विषयसम्बन्धी व्यवस्था भएको दफा ९४ पनि हटाउनुपर्ने कांग्रेसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment