+
+
Shares

नाइट पार्टीमा झुम्मिनेहरुको संसार

लेट नाइट पार्टीको सुरुवात कहिले र कहाँ भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १४:२०

महानगरहरुमा जसै रात ढल्दै जान्छ । शहरको विभिन्न स्थानहरुमा खुलेका भव्य लाउञ्ज, क्लबदेखि रेष्टुराँहरुमा मानिसहरु भेट्नु-भेटाउनुको साथै ड्रग्स र मदिराको नशामा धेरै पार्टीहरु आयोजना भइरहेका हुन्छन् ।

त्यस्ता पार्टीहरुलाई अचेल नाइट फिभर भन्न थालिएको छ । लेट नाइट पार्टी अर्थात् एकदम हो-हल्ल्ाा गर्नु, मदिरा पिउनु-पिलाउनु तथा मदमस्त भएर डिजेको रिदममा झुम्नु । साना-ठूला नगर, महानगरहरुमा यस प्रकारका पार्टीहरुको चलन तीब्र रुपमा बढ्न थालेको छ । राति दश बजेपछि काठमाडौं, पोखरा, बुटवल, धरान लगायतका शहरका अधिकांश क्लबहरुमा नव-युवक, नव-युवतीहरुको समूहको संख्या बढ्न थाल्छ । रमाइलोको नाममा मध्यरातिदेखि बिहानसम्म चल्ने त्यस्ता पार्टीमा प्रेम दर्शाउने, संसार बिर्सने र नयाँ संसारमा मस्त हुने कुराहरुले नवयुवकहरुलाई स्वागत गर्छ ।

त्यस्ता पार्टीमा यदि कि्रसमस इभदेखि नयाँ वर्षको स्वागत गर्ने मौका मिल्यो भने त वातावरण अझ परिवर्तन हुन्छ, रमाइलो र मनोरञ्जनको अनौंठो आयोजनाले सबै सीमाहरुलाई तोड्दै नवयुवकहरुलाई एउटा नयाँ युगमा लैजान्छ ।

हिन्दी, नेपाली र अंग्रेजी गीतहरुमा मदिराले भरिएका पेगमा पेग जुधाउँदै रमाइलो पार्टीको सुरुवात हुन्छ । रमाइलोका लागि जे पनि गरिने त्यस्ता पार्टीहरुको मूलमन्त्र हुन्छ । मदिराका अनेक प्रकारहरु जस्तै बियर, भोड्का र विभिन्न प्रकारका नशिला पदार्थहरुले हरेक क्षण त्यस्ता पार्टीलाई रमाइलो र भव्य बनाउने कोसिस गर्छ ।

जसरी रात ढल्दै जान्छ, पार्टीको रौनक झन्-झन् बढ्न थाल्छ । जसै समय बित्न थाल्छ, उनीहरु आफ्नो नियन्त्रण गुमाउन थाल्छन् । मदिराको नशाको असर मन र दिमागमा पर्न थाल्छ । रात बढ्दै जान्छ, मदिराको नशामा लठ्ठ भएकाहरु गीत सँगीतको धुनमा मस्त हुँदै झुम्न र रमाउन थाल्छन् । त्यस्तै, अर्को तिर नवयुवकहरुको एउटा टोली पश्चिमी सभ्यताको अगुवाई गर्दै आमोद-प्रमोद र आलिंगन त्यस्ता दृश्य प्रकट गर्छन् ।

हाम्रो सभ्यताको विपरित र पश्चिमी सभ्यताको अनुसार त्यस्ता पार्टीमा रमाइलो गर्नका लागि जे गर्न पनि तयार युवा र युवतीहरुको टोली रमाइलो गर्न कुनै प्रकारको कसर छोड्दैनन् । त्यसैले हरेक प्रकारका तनावबाट मुक्त भएर कामकाज र किताबबाट टाढा भएर नवयुवकहरुको एउटा ठूलो समूह सुरासुन्दरी र नशाको रंगमा रंगीन हरेक क्षण तयार रहन्छन् ।

लेट नाइट पार्टीको सुरुवात कहिले र कहाँ भयो ?

लेट नाइट पार्टीको सुरुवात केही वर्ष पहिले भारतको गोवाबाट भएको हो । बिस्तारै हाम्रो देशका नगर र महानगरहरुमा पनि  पार्टीको क्रेज बढ्न थाल्यो । हिजोआज हाम्रो देशका विभिन्न शहरहरुमा नाइट फिभरले आफ्नो क्रेेज बढाउँदै लगेको छ । नजिकिँदै गएको नयाँ वर्षको स्वागतमा त्यस प्रकारका पार्टीहरुको आयोजना हरेक महानगरको मल, डिस्को र फार्म हाउसमा हुुन्छ ।

लेट नाइट पार्टीको खर्च

सामान्यतया हरेक नाइट फिभरको आफ्नो भिन्दा-भिन्दै हिसाब हुन्छ । तर, त्यस्ता पार्टी अति नै खर्चिलो हुन्छ । क्लब र डिस्कोको नाइट फिभरमा मस्त हुनका लागि तपाईसँग कम्तिमा पनि ५ देखि १० हजार रुपैयाँ प्रतिव्यक्ति हुनु आवश्यक छ । त्यस्तै, फार्म हाउस र शहरको बाहिर आयोजित हुने पार्टीहरुमा ५० हजारदेखि एक लाख रुपैयाँसम्मको खर्च नवयुवकहरुको समूहले गर्नुपर्छ ।

यो समूहमा ५ देखि १० युवक-युवतीहरु हुन सक्छन् । शनिवारको दिन आयोजित स्याटर डे नाइट फिभर, न्यू इयरमा आयोजित पार्टी र अन्य विशेष आयोजनामा आयोजित पार्टीको खर्च सामान्य दिनभन्दा केही बढी हुन्छ । नयाँ वर्षको स्वागत पार्टीको खर्च अन्य सबै नाइट पार्टीभन्दा धेरै हुन्छ ।

युवापुस्तामा पार्टीको क्रेेज

नवयुवाहरुको एउटा ठूलो समूह त्यस प्रकारका पार्टीको पक्षमा उभिएको पाउन सकिन्छ । हरेक सानोदेखि ठूला शहरका युवाहरु कम्तिमा एक पटक यस्ता नाइट फिभर पार्टीको अंग बन्न लालायित हुन्छन् । काठमाडौं जस्ता महानगरमा जसै रातको १० बज्छ । दरबारमार्गदेखि ठमेलसम्मका क्लबहरुमा आयोजना गरिने नाइट फिभरका लागि युवाहरुको समूह भेला हुन थालिसक्छ ।

सजाय पनि बन्छन् यस्ता पार्टी

नाइट पार्टीहरुमा ड्रग्स तथा नशिला औषधीहरुको प्रयोग पनि बढ्ने सम्भावना हुन्छ । त्यस्ता पार्टीहरुको आडमा तीनको व्यवसाय फस्टाइरहेको हुनसक्छ । त्यसो त ती नवयुवकहरु, जो पार्टीमा पहिलो पटक गएका हुन्छन् । उनीहरु त्यसको चपेटामा आएर बर्बादीको संसारमा नचाहँदा-नचाहँदै पनि प्रवेश गरिसकेका हुन्छन् । त्यस प्रकारका पार्टीहरुमा सामूहिक दुष्कर्मका घटना पनि कतिपय युवतीहरु माथि घटिरहेको हुनसक्छ । यद्यपि, सामाजिक लोक-लाज तथा लज्जाका कारण पीडितले त्यस्ता घटनाहरुका बारेमा खुलेर कुनै कुरा गर्दिनन् । यसप्रकार भित्र-भित्रै पीडित युवक अथवा युवतीहरु मानसिक तनावको शिकार हुन पुग्छन् ।

नवयुवकहरु त्यस्ता पार्टीमा सहभागी हुने आ-आफ्नै कारणहरु भेटिएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक जना युवा भन्छन्-‘यस प्रकारका पार्टीहरु नवयुवकहरुको मस्तीका लागि जायज छन् । यद्यपि यस्ता पार्टीहरुमा तपाईंले आफूलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पार्टीहरु मोज-मस्तीकै लागि आयोजना गरिन्छ, अश्लिलताका लागि होइन । जसलाई यस्ता पार्टीहरु अश्लिलताकै लागि आयोजना गरिन्छ भन्ने लाग्छ, उनीहरु गलत हुन् ।’

हरेक साता नाइट फिभर पार्टीमा सहभागिता जनाउने अर्का एक जना युवाका अनुसार नाइट फिभरको नामबाट आयोजना हुने त्यस्ता रंगीन पार्टीहरुको प्रारम्भिक चरणहरु नवयुवकहरुका लागि मस्तीले भरिएको सागर जस्तै थियो । यद्यपि, समयसँग-सँगै त्यस्ता पार्टीहरुको स्वरुप पनि परिवर्तन भएको छ । उनका अनुसार ड्रग्स तथा अश्लिलताले त्यस्ता पार्टीहरुको रुप नै परिवर्तन गरिदिएको छ ।

मोडलिङमा सकि्रय अर्का एक युवा भन्छन्-‘आजको आधुनिक युगको व्यस्त जिन्दगीका लागि केही मोज-मस्ती गर्नका लागि समेत त्यस प्रकारका पार्टीहरु अनिवार्य बन्दै गइरहेका छन् । यदि त्यस्ता पार्टीमा आउने युवाहरुले आफूलाई नियन्त्रणमा राख्न सफल भए भने पार्टीको रोमाञ्चकता दुई गुणाले बढ्ने छ ।’

अर्की एक छात्राका अनुसार त्यस प्रकारको पार्टीमा यदि कुनै सेलिब्रेटीले साथ दिए भने पार्टीको रोमाञ्चकता स्वतः बढ्छ । पार्टीको नाममा सम्पूर्ण कुरा पस्कने नाइट फिभर पार्टी एकातिर नेपाली समाजका लागि निकै नै दुःखद तथा हानिकारक बन्दै गइरहेको छ भने अर्कोतिर समाजको एउटा ठूलो वर्ग दबिएको आवाजमा ती पार्टीहरुले जो कोहीलाई मदमस्त गर्न सक्षम छन् भन्ने धारणा व्यक्त गर्छन् ।

त्यस प्रकारको पार्टीमा प्राय कुनै न कुनै घटना घटेकै हुन्छ । कहिले कुनै युवतीमाथि हातहात हुन्छ भने कहिले नशामा लट्ठ भएकी युवती निर्वस्त्र भएर समाजमा उपहासको पात्र बन्छिन् । कहिलेकाहीँ त्यस्तै पार्टीबाट मदिरामा लट्ठ भएर सवारी चलाउने दुर्घटनाले सडकमा हिँडिरहेका व्यक्तिहरु किचिएर मारिन्छन् भने कहिलेकाहीँ उनीहरु स्वयं समेत सडक दुर्घटनामा पर्न सक्छन् ।

समाजशास्त्रीहरु भने त्यसप्रकारका पार्टींहरु समाजका लागि आतंकवाद भन्दा खतरनाक हुने बताउँछन् । किनभने त्यस्ता पार्टीहरुले भित्रै भित्र नेपाली युवाहरुलाई खोक्रो बनाइरहेको छ । उनीहरुका अनुसार त्यस्ता पार्टीहरु नेपाली सभ्यता तथा संस्कृतिका लागि समेत घातक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?