+
+

पर्साका दुई स्थानमा आगलागी, ५ लाख रुपैयाँको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १४:३२

८ पुस, काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी भएको छ ।

छिपहरमाई गाउँपालिका-१ मिर्जापुर बस्ने संजित महतो कोइरीको खपडाले छाएको घर र भान्साघरमा मंगलबार बिहान आगलागी हुँदा ५ लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

कोइरीको भन्सा घरबाट अचानक आगलागी हुँदा भन्सा घर र घरभित्र रहेका ना ६२ प ४२५३ र बीआर२२के९५३२ नम्बरको दुईवटा मोटरसाइकल,  भण्डारण गरी राखेको २५ क्विन्टल धान तथा ५ क्विन्टल चामल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयवासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको र आगलागी कसरी हुन पुग्यो भन्नेबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी छिपहरमाई गाउँपालिका-५ बस्ने जवाहिर साह कलवारको गोठमा सोमबार आगलागी भएको छ ।

आगलागीबाट गोठमा रहेका दुईवटा गाई जलेर घाइते भएका छन् भने भण्डारण गरी राखेको अन्नपात समेत जल्दा २० हजार मूल्य बराबरकव क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासिन्दा र प्रहरीको सक्रियतामा आगो निभाउन सफल भएको र आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?