+
+
Shares

दुर्घटनाको कारण खोज्न प्रदेश १ मा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १९:३६
प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्की ।

८ पुस, विराटनगर । प्रदेश १ सरकारले सडक दुर्घटनाको कारण र न्युनीकरणको उपाय खोजीका लागि राय सुझाव संकलन गर्न प्रदेशस्तरीय कार्यदल गठन गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपसचिव कमलबहादुर थापाको संयोजकत्वमा १६ सदस्य कार्यदल गठन गरेको हो । कार्यदलले सडक दुर्घटना सम्बन्धी मुख्य समस्या पहिचान गर्ने र दुर्घटना न्युनीकरणको उपायका विषयमा प्रदेशभर सुझाव संकलन गरी सरकारलाई बुझाउनेछ ।

कार्यदललाई १० दिनको कार्यअवधि दिइएको छ । कार्यदलको सुझावका आधारमा तत्कालिन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सडक सुसाशन कायम गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

साउनयता प्रदेश १ मा ६ सय १६ सडक दुर्घटनामा परी १ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?