+
+
Shares

ठोरीको वेदघारी सामुदायिक वनमा बाघ मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १३:०७
तस्वीर सौजन्य : निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत।

९ पुस, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत वेदघारी सामुदायिक वन क्षेत्रमा एउटा बाघ मृत फेला परेको छ ।

राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने वनमा वयस्क बाघ मृत फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरीले जानकारी दिए ।

घाँसकाट्न गएका स्थानीयबासिन्दाले देखेपछि निर्मल ठोरी उपभोक्ता समितिमार्फत बाघ मृत फेला परेको खबर पाएर घटनास्थल पुगेको चौधरीले बताए ।

‘मृत अवस्थामा फेला परेको बाघको शरीरभरी नै घाउ छन्,’ चोधरीले अनलाइनखबरलाई भने, ‘व्यस्यक बाघहरु एक आपसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भीक अनुसन्धानको क्रममा देखिन्छ ।’

चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट पशु चिकित्सक सहितको विज्ञ टोली घटनास्थलमा आउँदै गरेको उनले बताए । विज्ञ टोलीको अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने चौधरीले बताए । मृत भेटिएको बाघ कुन प्रजातिको हो भन्ने कुरा विज्ञ टोलीको अनुसन्धानपछि मात्रै भन्न सकिने चौधरीले बताए ।

मृत अवस्थामा फेला परेको बाघ बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा मृत फेला परेको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?