Comments Add Comment

मानवसेवा आश्रममा सुतेकै अवस्थामा एक जना मृत भेटिए

९ पुस, काठमाडौं । वीरगञ्जको मानव सेवा आश्रम रानीघाटमा सुतेकै अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् ।

गत असार २२ गते वीरगञ्जको घण्टाघरबाट उद्धार गरिएका करिब ५० वर्षीय परिचय खुल्न नसकेका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

अघिल्लो राति सकुशल सुतेका उनी विहान मृत अवस्थामा देखेपछि आश्रमले प्रहरीलाई खबर गरेको थियो ।

वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले घट्नास्थल तथा शव जाँच मुचुल्का लगायतका प्रारम्भीक अनुसन्धान कार्य गरी लास पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment