+
+

प्राधिकरण टुक्र्याउन नदिने भन्दै कर्मचारी आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते ११:१६

९ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक मन्त्रिपरिषदमा दर्ता भएसँगै कर्मचारीले विरोधमा उत्रेका छन् । प्राधिकरण नटुक्राउन माग गर्दै उनीहरुले आन्दोलन कार्यक्रमसमेत सार्वजनिक गरेका छन् ।

प्राधिकरणको आधिकारिक ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरी भ्रमण वर्षकै मुखमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रममा कालोपट्टी बाँध्नेदेखि नेपालका सम्पूर्ण विमानस्थलको सेवा ठप्प पार्नेसम्म छन् ।

यूनियनका अध्यक्ष श्रवणकुमार यादवले नेपालका हवाई माफियाको डिजाइनमा प्राधिकरण टुक्राउन लागिएको आरोप लगाए । निर्माणाधीन भैरहवा र निजगढ विमानस्थलको निजीकरण गर्ने खेलअनुसार विधेयक मन्त्रिपरिषद् गएको उनको दाबी थियो ।

प्राधिकरण नटुक्राएसम्म यरोपेली यूनियनले नेपाललाई कालोसूचीमा राखेको विषयलाई कर्मचारीले ‘यूरोपको नेपाली विमास्थल कब्जा गर्ने प्रपञ्च’ का रुपमा व्याख्या गरेका छन् ।

‘सरकारले प्राधिकरण विभाजन गरी नेपालको हवाई उद्योग यूरोपेली यूनियनलाई सुम्पेर स्वदेशी पूँजी विदेशीकरण गरी नागरिक उड्डयन क्षेत्रलाई धराशायी बनाउन लागेको छ,’ आधिकारिक ट्रेड यूनियनद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

कर्मचारीले विधेयक फिर्ता हुनुपर्न माग गर्दै हस्ताक्षर अभियान, कालोपट्टी बाँध्ने, पेन डाउन गर्ने, आमरण तथा रिले अनसन बस्ने, प्रधान कार्यालयमा तालाबन्दी, वाषिर्कोत्सव कार्यक्रम बहिष्कार गर्ने तथा सम्पूर्ण विमानस्थलको सेवा ठप्प पर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?