Comments Add Comment

नेपाल–चीन वाणिज्य वार्ता अनिश्चित, लेबल विवाद लम्बियो

१० पुस, काठमाडौं । डिसेम्बर महिनाको दोस्रो साता बस्ने भनिएको नेपाल–चीन वाणिज्य वार्ता अनिश्चित बनेको छ । चिनियाँ पक्षको अनुरोधमा स्थगन गरिएको र नयाँ मितिको टुंगो नलागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनायो ।

बैठक बस्न नसक्दा तत्काल देखिएको दुई मुलुकबीच खाद्यवस्तुको आयात निर्यातमा उब्जिएको नयाँ विवाद लम्बिएको छ । नेपालबाट चीनतर्फ निर्यात हुने खाद्यवस्तुमा चिनियाँ भाषाको लेबल अनिवार्य गरेपछि विवाद उब्जेको थियो । वार्ता अनिश्चिततासँगै खाद्यवस्तु आयात निर्यात तीन महिनादेखि ठप्प छ ।

चिनियाँ भाषामा लेबल नलेखिएको खाद्यवस्तु चिनियाँ भन्सारले रोकेको छ भने नेपालले पनि चिनियाँ भाषामा मात्रै लेबल लेखिएको खाद्य वस्तु आयात हुन दिएको छैन । नेपाल चीन प्रमुख भन्सार नाका रसुवाका प्रमुख पुण्यबिक्रम खड्काले राजनीतिक रुपमा दुई मुलुकबीच समझदारी बने पनि माथिको आदेश नभएको भन्दै चिनिया अधिकारीले नेपाली वस्तु निर्यातमाथि अवरोध कायम राखेका छन् ।

तिब्बत सरकारको उच्च अधिकारीसहित बस्ने भनिएको बैठक स्थगन भएको सूचना आफूले पाएको भन्दै भन्सार प्रमुख खड्काले नयाँ मिति भने टुंगो नलागेको बताए ।
‘अंग्रेजी महिनाको डिसेम्बरमै बैठक बस्ने भन्ने थियो तर नयाँ सूचना आएको छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment