+
+
पीपीएल क्रिकेट :

उपाधिका लागि चितवनले बिराटनगरलाई दियो २०३ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते १०:५५

१२ पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिगको उपाधिका लागि चितवन राइनोजले बिराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ । अहिले बिराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए ।

मुस्तफाले कप्तान पारस खड्कासँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । खड्का २५ रनमा आउट भए । बाबर हाताय ५ रनमै पभेलियन फर्किए । चौथो नम्बरमा आएका अनिलले तेस्रो विकेटका लागि मुस्तफासँग ९५ रनको साझेदारी गरे । दुबै समान ५०/५० रनामा आउट भए ।

अरिफ शेखले १९ रन जोडे । उनी आउट हुँदा टिकको स्कोर १७० रन थियो र मात्र ११ बल बाँकी थियो । करण केसीले आक्रामक पारी खेले । उनले ८ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए भने सन्नी पटेल १६ मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?