+
+

माइतीघरमा उखु किसानको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १२:५४

१३ पुस, काठमाडौं । बक्यौता रकम माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका उखु किसानले आइतवार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

शनिबार माइतीघर मण्डलामै धर्ना दिएका उनीहरुले आइतवार प्रदर्शन गरेका हुन् । सरकारले आफ्ना माग सम्बोधन नगरेकाले प्रदर्शन सिंहदरबारसम्म गर्ने किसानहरुले बताए ।

बक्यौता रकम नपाउन्जेल घर नफर्किने काठमाडौं केन्द्रित भएका उखु किसानहरुको भनाइ छ ।

उखु किसानका अनुसार २०७० देखिकै रकम चिनी मिलहरुले दिएका छैनन् । हालसम्म ५० करोड बक्यौता रकम छ ।

महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको किसानहरुको दाबी छ ।

सरकारले यो वर्ष पनि उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ तोकेको छ । यो अघिल्लो वर्षकै बराबर हो । त्यसमा पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा कटाएर ४३५ रुपैयाँको मात्रै चिट दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?