Comments Add Comment

दाँतमा खिया किन लाग्छ, कसरी हटाउने ?

सौन्दर्यको बर्णन गर्दै गीतहरुमा भनिन्छ, ‘मिलेका दाँतका पंक्ति ।’ साहित्यमा दाँतलाई सौन्दर्यकै हिस्सा मानेर उल्लेख गरिन्छ, ‘अनारका दाना जस्ता मिलेका र मोती जस्तै चम्किला दाँत ।’

हो त, दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।

तर, त्यही दाँत खराब भइदियो भने ? खिया लाग्यो भने ?

खासगरी सूर्ति, गुट्खा सेवन गर्नेहरुको दाँतमा खिया लागेको देखिन्छ । दाँतलाई उचित हिसाबले सफा नगर्दा दाँतमा खिया लाग्छ । धुमपान, कैफिन, सुर्तीजन्य पदार्थले त दाँतलाई कुरुप नै बनाउँछ ।

खिया लागेको दाँतलाई कसरी चम्किलो बनाउने त ?

बेकिङ सोडा

बेकिङ सोडालाई फोहर हटाउने प्राकृतिक उपायका लिन सकिन्छ । एक चम्चा बेकिङ्ग सोडामा एक चिम्टी नुन मिसाउने र भिजेको ब्रसलाई उक्त मिश्रणमा डुवाएर अन्य बेला झै दाँतलाई राम्ररी माझ्नुपर्छ । यसले दाँतमा जमेको सबै फोहर केही समयमै सफा गर्छ ।

ग्लिसिरिन र एलोभेरा

दाँतको लागि ग्लिरिन तथा एलोभेराको मिश्रण पनि निकै उपयोगी मानिन्छ । ग्लिसिरिन तथा एलोभेरायुक्त प्राकृतिक मञ्जन तयार पार्नको लागि एक कप पानीमा आधा चम्चा बेकिङ्ग सोडा लिऊ । त्यसमा एक चम्चा एलोभराको जेलमा करिब चार चम्चा भेजिटेबल ग्लिसिन र एक चिया चम्चा कागतीको एसेन्सियल आयल मिलाउने । अब यो मिश्रणलाई मञ्जनको रुपमा दाँतमा प्रयोग गरौं र हेरौं क्षणभरमै दाँत सेतो तथा चम्किला त हुन्छ नै, आर्कषक पनि देखिन्छ ।

सुन्तलाको ब्रोका

जाडो मौसममा प्रायः सबैका घरमा सुन्तला पाइन्छ । प्रतयेक पल्ट सुन्तला खाएपछि त्यसको बोक्राले दाँतमा दल्ने । सुन्तलनाको बोक्रा दातमा दल्नाले दाँत सेतो हुनुका साथै दातमा परेको खिया आफै हटेर जान्छ ।  साथै यसले दाँतमा दाग लाग्न नदिनुका साथै किटाणुको संक्रमण हुन दिदैन र दाँत चम्किलो देखिन्छ ।

तिल

एक मुठ्ठी तिलका दानालाई मज्जाले चपाउनाले दाँतमा लागेको खिया आफै हटेर जान्छ । साथै सुख्खा ब्रसको सहायताले दात सफा गर्नाले दाँतमा अड्केको दाना समेत बाहिर निस्कन्छ ।

भेनेगर

दाँतको लाथि भेनेगरको प्रयोग खासै मिठो मानिदैन । यद्यपी, दात सफा गर्नको लागि भेनेगरको प्रयोग विना कुनै समस्या दातलाई चम्किलो बनाउन शतप्रतिशत राम्रो मानिन्छ । दुई चियाचम्चा भेनेगरमा एक चियाचम्चा नुन र चार आउन्स पानीलाई मिसाएर त्यसको मिश्रण तयार पार्ने । अब यो मिश्रणलाई केही दिनको लागि दात सफा गर्नको लागि प्रयोग गर्ने । यसले दाँतमा लागेको दागका साथै दाँतको काई हटाउन मद्दत गर्छ ।

फलफुलको मास्क

दाँत सफा गर्नका लागि भिटामिन ‘सी’ युक्त फलफूलको मस्क उपयुक्त मानिन्छ । यसले दातलाई काई लाग्नबाट बचाउनुका साथै दाँतलाई सफा राख्न मद्दत गर्छ । यसको लागि टमाटर, स्ट्रबेरी तथा सुन्तलालाई पिनेर लेप बनाउने र दातको वरिपरि लगाएर करिब ५-६ मिनेट राख्ने । यसले दाँतमा किटाणुके संक्रमण हुन नदिनुका साथै सासलाई ताजा राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment