Comments Add Comment

एन्ड्रोइड फोनको तुलनामा आइफोन १ सय ६७ गुणा असुरक्षित

एप्पलको आइफोनको प्रयोगकर्ताहरूका लागि दुखद् खबर छ । हालै प्रकाशित एक रिपोर्ट अनुसार अन्य ब्राण्डका स्मार्टफोनहरूको तुलनामा आइफोन साइबर सुरक्षाको दृष्टिकोणबाट अत्यधिक असुरक्षित भएको पाइएको छ ।

रिपोर्ट अनुसार एन्ड्रोइड स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक रहेको छ ।

स्मार्टफोनको खोल बनाउने बेलायती कम्पनी केस डट ट्वान्टीफोरले गरेको अध्ययनले आम धारणाविपरीत आइफोन निकै असुरक्षित रहेको देखाएको हो । बेलायती प्रयोगकर्ताले गर्ने गुगल सर्चको मासिक सर्च भोल्यूम डाटा संकलनपश्चात् गरिएको विश्लेषणका आधारमा कम्पनीले रिपार्ट तयार गरेको हो । प्रयोगकर्ताले स्मार्टफोन ब्राण्ड तथा कुनै एपलाई ह्याक गर्न कसरी सकिन्छ भन्ने बारेमा गुगलमा गरेका सर्चको तथ्यांकलाई कम्पनीका शोधकर्ताहरूले अध्ययनको आधार बनाएका थिए ।

रिपोर्ट अनुसार १० हजार ४० जना प्रयोगकर्ताले आइफोन कसरी ह्याक गर्ने ? भन्ने कुरा गुगलमा खोजी गरेका थिए ।

त्यस्तै सामसुङका स्मार्टफोन ह्याक कसरी गर्ने ? भन्ने कुराको खोजी गर्नेको संख्या चाहीँ जम्मा ७ सय मात्रै थियो ।

एलजी, सोनी र नोकिया ह्याक कसरी गर्न सकिन्छ ? भन्ने उपाय खोज्नेहरूको संख्याचाहिँ सबैभन्दा कम पाइयो । यीमध्ये पनि सोनी कम्पनीका स्मार्टफोन ह्याक गर्ने उपाय खोजी गर्नेको मासिक संख्या ५० भन्दा पनि कम रहेको पाइयो ।

इन्स्टाग्रामलाई सर्वाधिक जोखिम

फोटो शेयरिङ एप इन्स्टाग्राम सबैभन्दा धेरै ह्याकरहरूको तारो बनेको पाइएको छ । उक्त अध्ययन अनुसार १३ हजार ३१० प्रयोगकर्ताले कसै न कसैको इन्स्टाग्राम अकाउन्ट कसरी ह्याक गर्ने भन्ने तरिकाका बारेमा गुगलमा खोजी गरेको पाइयो ।

धेरै मानिसले ह्याक गर्न चाहने एपको दोस्रो स्थानमा स्नापच्याट रहेको छ भने तेसो स्थानमा ह्वाट्सएप रहेको छ ।

त्यस्तै, कम जोखिम भएका अन्य एपहरूमा फेसबुक, अमेजन र नेटफ्लिक्स रहेका छन् । फेसबुक ह्याक गर्ने उपायको बारेमा १ हजार १ सय २० जनाले गुगलमा खोजी गरे भने अमेजनका बारेमा १ हजार ७० जनाले खोजी गरेका थिए ।

शोधकर्ताहरूका अनुसार नेटफ्लिक्सको तुलनामा इन्स्टाग्राम अकाउन्ट ह्याक हुने सम्भावना १६ गुणा धेरै छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment