+

नेपाल, यूएई र ओमानको त्रिकोणात्मक सिरिज अर्को महिना

२०७६ पुष  १४ गते १९:५७ २०७६ पुष १४ गते १९:५७
नेपाल, यूएई र ओमानको त्रिकोणात्मक सिरिज अर्को महिना

१४ पुस, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तरगत नेपाल, यूएई र ओमानको त्रिकोणात्मक सिरिज अर्को महिना काठमाडौंमा हुने भएको छ । मिति फाइनल हुन बाँकी रहे पनि फेब्रुअरीको पहिलो साता (सम्भवतः ५ तारिख) उक्त सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई प्रतियोगिताको तयारी सुरु गर्न निर्देशन दिएको छ । निलम्बन फुकुवापछि क्यानले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हुनेछ ।

हालै मात्र काठमाडौं आएका आईसीसीका प्रतिनिधिहरुले क्यानका पदाधिकारीहरुलाई भेटेर यो प्रतियोगिताको तयारी थाल्न भनेका हुन् । बजेट लगायतका अरु विषय त्यसपछि अघि बढ्ने उनीहरुले बताएका छन् ।

क्रिकेट संघका एक पदाधिकारी भन्छन्, ‘आईसीसीका प्रदाधिकारीले मुखले नभने पनि यो सफलतापूर्वक गरेर देखाउन चुनौति दिएजस्तो जस्तो गरेका छन् ।’

क्रिकेट संघले त्रिवि क्रिकेट मैदानलाई मर्मत सम्भार गरेर खेलका लागि तयार बनाउने काम थालेको छ । अभ्यासका लागि मुलपानी क्रिकेट मैदान प्रयोग गरिनेछ । त्रिवि क्रिकेट मैदान निरीक्षणका लागि दुई जना क्युरेटर पनि पठाइँदैछ । तयारी सन्तोषजनक भएमा सम्भवत जनवरी पहिलो साता यो सिरिजको औपचारिक घोषणा हुनेछ ।

क्रिकेट संघका एक पदाधिकारीकाअनुसार प्रतियोगिताको आयोजना गर्न सजिलो भने छैन । निलम्बन फुकुवा गरेपछि आईसीसीले संघलाई नयाँ बजेट दिएको छैन । साथै निलम्बनका क्रममा रोकिएको बजेट हिसाब गरेर दिने सम्भावना पनि न्यून छ ।

त्रिकोणात्मक सिरिजपछि मात्र २०२० को कार्यक्रमसहित बजेट प्रस्ताव गर्न आईसीसीले भनेको छ । तर त्रिकोणात्मक सिरिजको तयारीका लागि क्रिकेट संघसँग बजेटकै अभाव छ । अहिलेसम्म क्यानले आफ्नो कार्यालयसमेत खोल्न खोल्न सकेको छैन ।

आईसीसीले भने कार्यकारी अधिकृत (सीइओ), फाइनान्स म्यानेजर, डेभलोपमेन्ट प्रमुखको नियुक्ति, खेलाडीहरुको सम्झौतामा पनि चासो राखेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय