१५ पुस, काठमाडौं । प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कारबाहीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको मिक्लाजुङका २४ वर्षीय अरुण राई छन् ।
उनीहरु गोंगबुस्थित होटल तनहुँबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए ।
‘नक्कली सुन बिक्री गर्नलाई ४५ लाखमा डिल भएको रहेछ’, उनले भने, ‘तर, बिक्री गर्ने प्रयास गर्दा गर्दै उनीहरुलाई पक्राउ गर्न सफल भयौं ।’
लम्सालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार ठगी कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4