+
+

अमेरिकी राष्ट्रपतिले दिए नयाँ वर्षको सुरुवातमै इरानलाई धम्की

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १३:५६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को प्रारम्भमै इरानलाई धम्की दिएका छन् । इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणलाई लिएर ट्रम्पले धम्की दिएका हुन ।

‘हाम्रो कुनै पनि सम्पत्ति वा जीवनमा पुग्न गएको क्षतिका लागि इरान पूर्ण रुपमा जिम्मेवार छ, उनीहरूले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ’ ट्रम्पले सामाजिक सञ्जाल ट्विटमा लेखेका छन्, ‘यो कुनै चेतावनी होइन, यो धम्की हो, नयाँ वर्षको शुभकामना ।’

राष्ट्रपति ट्रम्पको यो धम्कीपूर्ण ट्विटपछि अमेरिकी रक्षा सचिव मार्क एस्परले मध्य–पूर्वी क्षेत्रमा तत्काल ७५० सैनिक पठाइने घोषणा गरेका छन् ।

इरान समर्थित इराकी मिलिसियामाथि अमेरिकाले गरेको सैन्य कारबाहीको विरोधमा भएको प्रदर्शनका क्रममा इराकस्थित अमेरिकी दुतावासको बाहिरी पर्खाल भत्किएको थियो । गत शुक्रबार त्यहाँको मिलिसियाले इराकी सैन्य आधार शिविरमा आक्रमण गर्दा आफ्ना नागरिक मारिएको अमेरिकी दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?