+
+
Shares

उखु किसानको रकम नतिर्नेलाई कारबाही गर्न समाजवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १७ गते १३:५६

१७ पुस,बुटवल । उखु किसानहरुलाई रकम नतिर्ने चिनी मिलका सञ्चालकहरुलाई कारबाही गर्न समाजवादी पार्टी रुपन्देहीले माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सो पार्टीले रुपन्देहीसहित विभिन्न जिल्लाका किसानले उखुको रकम तीन वर्षदेखि भुक्तानी नपाउनु दुर्भाग्यपूर्ण र चिन्ताजनक भएको ठहर गरेको छ ।

चिनी मिलले किसानलाई करिब एक अर्ब रुपैयाँ र सरकारले अनुदान वापत दिनुपर्ने एक अर्ब ३२ करोड रुपैयाँ किसानले नपाएको समाजवादी पार्टीको ज्ञापनपत्रमा उल्लेख छ ।

उखु दिएपछि चिनी मिलहरुले सहजरुपमा भुक्तानी दिनुपर्नेमा आफ्नो रकम पाउन माग गर्दै उखु किसान संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिंदा पनि सरकारले किसानका जायज माग पूरा गराउन नसकेकोमा समाजवादीले विरोध जनाएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?