Comments Add Comment

मोरङ-सुनसरी सेवा समाजको सातौं शाखा साउदीमा

काठमाडाैं । नेपाल बाहिर कार्यरत मोरङ र सुनसरी जिल्लावासीहरुको साझा संस्था मोरङ-सुनसरी सेवा समाज (मोसु) को सातौ शाखा साउदी अरबमा स्थापना भएको छ ।

सुनसरी इटहरीका हेम सुवेदीको अध्यक्षतामा शाखा स्थापना गरिएको मोसुका केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङले जानकारी दिए ।

शाखाको उपाध्यक्षमा देशबहादुर खड्का र गणेश पोखरेल रहेका छन् । सचिवमा सुजनसेर राई, कोषाध्यक्षमा राज लिम्वु चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा पुरुषोत्तम दाहाल, कुमार आचार्य, सुरेन्द्र मोक्तान, प्रेम सुवेदी, नेत्र खतिवडा र राजेन्द्र लिम्वु रहेका छन् ।

शाखाको पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितमा कुमार कार्की, विमल गौतम, घनेन्द्र आम्बुहाङ, नगेश तामाङ र समिर लिम्बु रहेका छन् ।

मोसु मोरङ जिल्ला प्रशासन कार्यलयमा दर्ता भइ वैदेशिक रोजगार, व्यवसाय र अध्ययनका लागि नेपाल बाहिर बसोबास गर्ने मोरङ र सुनसरी जिल्लावासीहरुको साझा संस्था हो । यो सन् २००१, मार्च २ मा कतारमा स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment