Comments Add Comment

प्रेम सम्बन्धबारे कार्तिक भन्छन्–‘म कोहीसँग पनि हिड्न लजाउँदिन’

बलिउडमा नायक कार्तिक आर्यन अहिलेका हटकेक हुन् । उनले अभिनय गरेका चलचित्र एकपछि अर्को बक्स अफिसमा सफल भैरहँदा, उनको चर्चा पनि चुलिएको छ ।

कार्तिकको चर्चा भारतीय मिडियामा प्रेम सम्बन्धका कारण पनि धेरै हुन्छ । साराअली खानदेखि अनन्या पाण्डेसँग उनको नाम जोडियो । यो बिषयमा कार्तिक भन्छन्–‘म कहिले पनि यस्तो कुरामा मतलव गर्दिन । म कुनै कुरामा ध्यान दिन्छु, तर यसको बिषयमा कुरा गर्दिन । मैले मेरो व्यक्तिगत जीवन वा सम्बन्धको बिषयमा कहिले पनि बोलेको छैन । म मेरो कामको बिषयमा बोल्छु तर प्रेम चर्चा यस्तो बिषय हो, जुन बिषयमा मैले कहिले पनि बोलेको छैन ।’

अनन्या अगाडि भन्छन्–‘म कहिले पनि कसैको साथमा हिड्न लाज मान्दिन । मैले यो कुरा लुकाएको छैन । किनकी, यो कुनै अपराध पनि होइन । तर, मलाई यो बिषयमा कुरा गर्न आउँदैन, चाहे म सम्बन्धमा छु या छैन ।’

बलिउडमा जब कलाकारको प्रेम सम्बन्धको चर्चा आउन थाल्छ यसले ठूलै हंगामा मच्चाउँछ । मिडियामा नै कलाकारको बिहे मिति तय हुन्छ । तर, आर्यनले आफ्नो सम्बन्धमा यस्तो अनुमानको कुरामा कहिले पनि तनाव नलिएको बताए । उनी भन्छन्–‘म यो कुरामा ख्याल गर्दिनँ, यसैले पनि ममा यस्तो दबाब कहिले पनि आउँदैन । म बाहिर निस्कन सक्छु, म कसैको साथमा हुन सक्छु । ती भिडियोहरु मिडियामा सार्वजनिक भैरहेका छन् भन्ने चिन्तामा म कहिले पनि बस्दिनँ ।’

कार्तिकले भने–‘प्रेम एउटा यस्तो चीज हो, जसलाई म सम्मान गर्छु । किनकी, प्रेममा दुई व्यक्तिको सम्बन्ध हुन्छ । यसैले पनि तपाइले यो बिषयमा बोल्न आवश्यक छैन । यदि, अर्को व्यक्ति यो बिषयमा सकारात्मक छ भने पनि बोल्न आवश्यक छैन । किनकी, भोली यो कहाँ जान्छ र कसरी टुंगिन्छ थाहा हुँदैन । म यो कुरा सधै नै कायम राख्न चाहन्छु, यसकारण यो बिषयमा कुराकानी गर्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment