+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भारतीयलाई नागरिकता दिलाउन साक्षी बस्ने मेयर कुशवाहलाई २५ हजार जरिवाना

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ पुष १८ गते १६:०१

१८ पुस, रौतहट । भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा जिल्ला अदालत रौतहटले कटहरिया नगरपालिका प्रमुख सियारामप्रसाद कुशवाहसहित २१ जनालाई जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

भारतको विहार राज्य पूर्वी चम्पारण जिल्ला घर भई रौतहट हथियाही बस्न हाफिज देवान र ओली महमद देवान फकीरलाई झुटो विवरणको आधारमा नागरिकता दिलाएको अभियोगमा जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासले जरिवानाको फैसला सुनाएको हो ।

अदालतले झुटो विवरणको आधारमा नागरिकता लिने दुई भारतीयको नागरिकता बदर गरी जनही ५० हजार रुपैयाँ जरिवाना गरेको अदालतका उपसचिव गुणराज पराजुलीले जानकारी दिए ।

मेयर कुशवाहले ती दुई भारतीय नागरिकलाई नेपाली नागरिक हो भनी सिफारिस तथा साक्षी सनाखत गरेका अदालतले ठहर गरेको हो । उनले तत्कालिन माओवादी पार्टीका प्रतिनिधिको हैसियतमा सिफारिस र साक्षी सनाखत गरेका थिए ।

त्यस्तै तत्कालिन एमालेका प्रतिनिधि किशोरीप्रसाद कुशवाहा, वड़ा नम्बर ३ का एमाले प्रतिनिधि विनोद कर्ण, वड़ा नम्बर २ का माओवादी प्रतिनिधि पुनीत ठाकुर शर्मा, जनमोर्चा प्रतिनिधि जफरुल देवान, तत्कालीन गाविस सचिव मनोज झालाई अदालतले जरिवानाको फैसला गरेको छ ।

त्यस्तै चन्द्रकिशोर ठाकुर, अलीअकबर देवान, बसरूल देवान, रामअधार पण्डित, शेख वजील, हारून देवान, रामएकवाल ठाकुर, भैरोलाल महतो, जगदीश राय यादव, मञ्जुर बरै, रूपनारायण चौधरी, जिकरुल देवान, शेख हासिम, ओजिर देवान, सीताराम दास तत्मा, सेराजुल देवानलाई पनि अदालतले जरिवानाको सजाय सुनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, रौतहटबाट खटिएको नागरिकता घुम्ती टोलीले २०६३ फागुन २७ गते हाफिज देवानलाई ३२३०६५/२१ र ओली महमद देवानलाई ३२३०६५/२८ नम्बरको नागरिकता दिएको थियो ।

भारतीयलाई नागरिकता दिन सहयोग गरेको भनी काठमाडौं महानगरपालिका १३ निवासी सन्त बहादुर श्रेष्ठले उनीहरुविरुद्ध २०७२ साल भदौ २९ गते मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?