Comments Add Comment

डीएभी वातावरण क्लबद्वारा बज्रबाराहीमा सरसफाइ कार्यक्रम सम्पन्न ।

१८ पुस, काठमाडौं । डिएभि कलेजको वातावरण क्लबले बुधबार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरण क्लबका अध्यक्ष एवम् अङ्ग्रेजी विभागीय प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिएभिका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको थियो ।

सरसफाइ अभियान बिहान दस बजे सुरु भई दुई बजे सकिएको थियो । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment