+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गाडीको एसेम्बल प्लान्ट खोल्न कोरियन कम्पनीसँग प्रारम्भिक सम्झौता

लगानी बोर्ड भन्छ-गाडी सस्तिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते २०:५३

१८ पुस, काठमाडौं । कोरियन कम्पनी मोट्रेक्सले नेपालमा चार पांग्रे प्यासेन्जर गाडीको एसेम्बल प्लान्ट खोल्ने प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले कम्पनीसँग ‘प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट’ (पीआईए) पनि गरेको छ ।

बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर मोट्रेक्स पीआईए गरिएको बताए । यो प्रारम्भिकस्तरको स्

नेपालमा एसेम्बल प्लान्ट खोल्न दिएको आवेदनसँगै मोट्रेक्सले विभिन्न शर्तहरु पनि राखेको थियो ।

‘एसेम्बल प्लान्टलाई सम्भाब्य बनाउन उसले शर्तहरु राख्नु स्वभाविक नै थियो, ती शर्तहरुमा हामीले नेगोसियसन गर्‍यौं,’ उनले भने,’ विश्वासको वातावरण सिर्जना होस् भनेर नेगोसियसन अवधिभर नन डिस्क्लोजर एग्रिमेन्ट (एनडीए) पनि गरेका छौं ।’

मोट्रेक्सले ७ वर्षसम्म अरु एसेम्बल प्लान्ट खोल्न नपाउने शर्त राखेको थियो । तर, बोर्डले त्यस्तो शर्त नस्वीकारेको अधिकारीले बताए । त्यसमा कम्पनी पछि हटेको उनको भनाइ छ ।

‘स्वभाविक रुपमा उहाँहरुले केही करसँग सम्बन्धित सहुलियत खोज्नुभएको छ, तयारी सवारीसाधन आयात गर्दा र यहीँ उत्पादन गर्दा बराबर कर लगाउनु पनि हुँदैन,’ उनले भने,’लगानी गर्नेको लागत उठ्नु पर्यो, प्रतिफल पनि पाउनुपर्‍यो ।’

अधिकारीका अनुसार मोट्रेक्सले मागेकै जति करमा सहुलियत दिने हो भने ३० देखि ४० प्रतिशत सस्तोमा गाडी बिक्री गर्ने बताएको थियो ।

‘त्यत्रो सहलियत दिन अर्थ मन्त्रालय तयार भएन,’ उनले भने,’ मोट्रेक्सले कुन ब्रान्डको गाडी उत्पान गर्ने भन्ने संकेत मात्रै गरेको छ, खुला रुपमा भनेको छैन ।’

अधिकारीका अनुसार अनौपचारिक गफगाफमा हुन्डाई र किया ब्राण्डका गाडी उत्पादन गर्ने संकेत गरेको छ । उनले यो परियोनजना सफल भए अरु कम्पनीलाई पनि नेपाल आउन प्रोत्साहन हुने बताए ।

‘आयात गर्दा २५ लाख रुपैयाँ पर्ने गाडी नेपालमा उत्पादन गर्दा डेढ/दुई लाख रुपैयाँ सस्तो हुनुपर्छ भनेका छौं, यो उनीहरुको मार्केटिङका लागि पनि जरुरी हुन्छ,’ अधिकारीले भने ।

मोट्रेक्ससँग अहिलेसम्म प्यासेन्जर गाडी उत्पादनको अनुभव छैन । मुख्य रुपमिा ठूला उपकरण र इन्फोटेन्मेन्ट सिस्टम बनाउँछ यो कम्पनीले ।

सीईओ अधिकारीका अनुसार बोर्डले राखेका कतिपय कुरा मोट्रेक्सले पनि मानेको छैन । तर, छलफलमार्फत यसलाई टुंग्याएर कम्पनीलाई नेपाल ल्याउने प्रयास बोर्डले गरिरहेको अधिकारीले स्पष्ट गरे ।

कम्पनीले साढे १० अर्ब रुपैयाँ पुँजी ल्याउन प्रस्ताव गरेको छ । प्लान्ट स्थापना पछि कम्पनीले आफ्नो चालु पुँजीबाटै गाडी उत्पादन गर्ने अधिकारीले बताए । मोट्रेक्सले वर्षमा ५० हजार सवारीसाधन उत्पादन गर्ने प्लान्ट राख्न लागेको हो ।

कम्पनी स्थापनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिएको ३ वर्षभित्र उत्पादन सुरु हुनेछ ।

‘मोट्रेक्सले गाडी उत्पादन थालेपछि नेपालमा गाडीको भाउ सस्तो हुन्छ, र नेपालमा पपनि गाडी उत्पादन हुन्छ भन्न्ेसन्दशे पनि जान्छ,’ उनलेृ भने,’त्यसकै बलमा थप लगानी ल्याउन पनि वातावरण बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?