Comments Add Comment

नेपालमा सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

२० पुस, काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको छ । नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसअघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको मूल्य आइतबार ७५ हजार ५ सय पुगेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकेको छ । यस्तै तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो । यस्तै तेजावी सुनको मूल्य पनि ७४ हजामर २ सयबाट एक हजार रुपैयाँले नै बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको छ । शुक्रबार र आइबार चाँदीको मूल्यमा भने खासै फरक परेको छैन् ।

किन बढ्यो सुनको मूल्य

गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।

दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्नेदर बढेकाले सुन चाँदीको मू्ल्यमा असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

‘ठूलो मुलुकसंग युद्ध भइहाल्यो भने हुन सक्ने ठूलो क्षतिमा बच्न शेयर र नगद पैसाभन्दा सुन बढी किफायती हुने भएकाले विश्व बजारमा सुन किन्ने बढ्छन् ,’ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने ।

युद्धपछि संसारको जुनसुकै देश पुगे पनि बिक्न सक्ने धातु सुन नै भएकाले युद्धको भयमा सुनको बिक्री बढ्ने उनले बताए । ‘जसको कारण विश्व बजारमा सुनको माग बढेको र कीर्तिमानी मूल्य पनि कायम भएको छ,’ महासचिव बज्राचार्यले भने ।

इकोनोमिक्स टाइम्सका अनुसार अमेरिकमा सुनको मूल्य पछिल्लो चार महिना यताकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बुल्मबर्गले मध्य पूर्वको तनावका कारण विश्व बजारमा सुनको मूल्य ६ वर्ष यताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment