+

लिओ कार्टरले हाने एकै ओभरमा ६ छक्का

२०७६ पुष  २० गते १६:०३ २०७६ पुष २० गते १६:०३
लिओ कार्टरले हाने एकै ओभरमा ६ छक्का

२० पुस, काठमाडौं । एक ओभरमा कति सम्म छक्का हान्न सकिन्छ । २/३ वा ४/५ । कमैले मात्र ६ छक्का प्रहार गर्छन् । र यस्तो बिरलै मात्र हुने गर्छ । त्यही बिरलै हुने यो खेलमा न्यूजिल्याण्डमा एक खेलाडीले ६ छक्का प्रहार गरेका छन् ।

न्यूजिल्यान्डको घरेलु टि२० लिग सुपर स्म्यासअन्तर्गत क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

आइतबार भएको खेलमा कार्टरले नर्दर्न डिस्ट्रिक्टविरुद्ध एन्टन डेभचिचको ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् । डेभचिचले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । उनले डेभचिचले बलिङ गरेको १६औं ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

जितका लागि २२० रनको लक्ष्य पछ्याएको किंग्सलाई कार्टरले ऐतिहासिक जित समेत दिलाए । किंग्सले १९औं ओभरमै जित हासिल गर्दै न्युजिल्यान्डको घरेलु क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य पछ्याउने कीर्तिमान पनि कायम गर्यो ।

कार्टरले २९ बल खेल्दै ७० रन बनाए । जसमा ७ छक्का समावेश थियो ।

न्यूजिल्याण्डको क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कार्ट पहिलो खेलाडी हुन् । समग्रमा भने यस्तो भएको यो  सातौँ पटक हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३