Comments Add Comment

बालबच्चाको रिस कसरी नियन्त्रण गर्ने ?

कतिपय बच्चाकी आमाहरुले बच्चाको नियन्त्रित रिसको सामना गर्नुपरिरहेको हुनसक्छ । कतिपय अवस्थामा उनीहरुले केही अनावश्यक मागहरु राख्छन् । ती मागहरुलाई पूरा गरिएन भने अचानक रिसाउन थाल्छन् । त्यसैगरी भोकै हुँदा अथवा निन्द्रा पूरा नभएको अवस्थामा समेत उनीहरुमा अनियन्त्रित रिस देखिन्छ ।

बच्चाहरुको रिस बढी हुँदा प्रँयः अभिभावकहरुको तनाव, चिन्ता अथवा निराशाको कारण बन्न पुग्छ । बच्चाहरुको रिसलाई नियन्त्रणमा ल्याउनु त्यति सजिलो कार्य होइन ।

के हो अनियन्त्रित रिस ?

एकाएक रिसले भड्किने समस्या बालबालिकाहरुमा कुनैपनि रुपमा व्यक्त हुनसक्छ । जस्तै रिस, निराशा, रुवाई, चिच्याउनु, सामानहरु फुटाउनु, जमिनमा लडिबुडी गर्नु, दौडनु आदि । केही बालबालिकाहरु त श्वास नै रोक्ने, वान्ता गर्ने अथवा अचानक आवेशमा आउने जस्ता व्यवहार समेत देखाउँछन् ।

मुख्य रुपले एकदेखि ३ वर्षको उमेरका बालबालिकाहरुमा यस्ता समस्याले सताउने गर्छ । किनभने यो उमेरमा बालबालिकाहरुको सामाजिक तथा भावनात्मक क्ष्ँमताको विकास भर्खरै हुन थालेको हुन्छ । उनीहरुसँग ठूलो भावनालाई व्यक्त गर्ने शब्द नै हुँदैन । उनीहरु अत्यधिक स्वतन्त्रता चाहन्छन् । तर, अभिभावकबाट टाढा हुने कुराले डराउँछन् पनि । त्यस्तो बेला उनीहरु त्यस्तो उपाय खोजिरहेका हुन्छन् जसमार्फत् उनीहरुले आफ्नो वरपरको संसारलाई नै परिवर्तन गर्ने प्रयास गर्न सकियोस् र आफ्नो चाहना पूरा गर्न सकियोस् ।

बच्चामा हुने यस्तो समस्याका मुख्य कारणहरु

टेम्पेरामेन्ट

जो बच्चाहरु चाँडै उदास हुन्छन् । उनीहरुमा टेन्ट्रमको खतरा अत्यधिक हुन्छ ।

स्ट्रेस

तनाव, भोक तथा थकावटका कारण हुने स्ट्रेस ।

विशेष परिस्थितीहरु

केही विषेश परिस्थितिहरु, जुन बच्चाहरुलाई मन पर्दैन, जस्तो कसैले उनीहरुको खेलौना उठाएर भागेको क्ष्ँण ।

स्ट्रोङ इमोसन

डर, चिन्ता, रिस, शंका आदि ।

सरसर्ती हेर्दा यस्तो समस्या हुनु बालबालिकाहरुको विकास प्रकृयाको एउटा स्वभाविक अंग हो । यसबाट उनीहरुलाई जोगाउनै सकिँदैन । तर, प्रयास गरियो भने यसमाथि केही हदसम्म नियन्त्रण पाउन सकिन्छ । ध्यान दिनुपर्ने कुरा के छ भने प्रत्येक बच्चाहरु एक-अर्काभन्दा अलग हुन्छन् । टेन्ट्रममाथि नियन्त्रण पाउनका लागि एउटा बच्चामाथि अपनाइएको टि्रकले अर्को बच्चालाई काम नगर्न पनि सक्छ ।

यो समस्याबाट छुटकारा पाउने तरिका

बच्चाहरुलाई व्यस्त राखौं

यदि बच्चाले अल्छी मानिरहेका छन् भने उसले आफ्नो त्यो अल्छिपना अथवा चिडचिडाहटलाई कुनै न कुनै रुपबाट बाहिर निकाल्ने सम्भावना अत्यधिक हुन्छ । त्यसका लागि उनीहरु बिना कारण नै रुन-कराउन थाल्छन् । त्यसैले उनीहरुलाई व्यस्त बनाउने कोसिस गर्नुपर्छ । उनीहरुलाई स-साना रोचक गतिविधिहरुमा अल्झाइरहनु पर्छ अथवा अरु बच्चाहरुलाई उसँग खेल्न बोलाउनुपर्छ । यसो गर्नाले उसको रिसमाथि नियन्त्रण पाउन सकिन्छ ।

कारण सम्झाउने प्रयास गरौं

जब बच्चा कुनै कुरालाई लिएर जिद्दी गरिरहेको छ र उसको माग पूरा नभएकोमा चिढिएको छ भने तुरुन्त उसलाई सम्झाउने प्रयास गर्नुपर्छ । उसको कुरा नमान्ने कारण के हो । तर यदि बालबालिकाको चाँडै रिसाउने बानी छ भने त्यो समयमा केही पनि भन्नु हुँदैन ।

आफ्नो बच्चालाई राम्रोसँग व्यवहारिक रुपमा सम्झाउनु पर्छ । उसको रिसाहा व्यवहारमा कराउनु र र्झकनुको भन्दा उसलाई धैर्यतापूर्वक सम्झाउनुपर्छ । यो कुरा प्रष्ट हुन्छ, कुनै पनि कुराका लागि सिधा भन्नुभन्दा बालबालिकाको बिस्तारसँग त्यो निर्णयको कारण सम्झाउनुपर्छ । यसो गर्दा तपाईंको बालबालिकाले बुझ्छन् ।

लामो सास लिन लगाउनु

तपाईंका बालबालिकाले आफ्नो रिस देखाउन सुरु गरेपछि तुरुन्त उनीहरुसँग एउटा अभ्यास गर्न आरम्भ गर्नुपर्छ । तपाईंले उनीहरुलाई आफूसँग बसाएर लामो सास फेर्न लगाउनुपर्छ । यसो गर्दा उनीहरुको भावनात्मक प्रतिकि्रया फिक्का हुँदै जान्छ । यदि उनीहरुले त्यसो गर्न मानेनन् भने तपाईं स्वयं आफू नै गर्नुहोस् । लामो सासले तपाईंलाई आफ्नो भावना नियन्त्रण गर्न सहयोग हुन्छ । एउटा सर्वेक्षणका अनुसार तपाईं त्यस प्रकारको उपाय गरेर आफ्नो सासलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईं तनावमा आउनुहुन्न ।

सजाय दिनुहुन्न

अभिभावकले गर्ने सबैभन्दा ठूलो गल्ती भनेको बालबालिकाले रिस देखाएको समयमा सजाय दिनुहुन्न । वास्तवमा यो तरिकाले काम नै गर्दैन । यस्तो बेला अभिभावकले के सोच्न थाल्छन् भने या त उनको बच्चामा केही खराबी छ या त स्वयं उनीहरुको अभिभावकत्वमै कुनै दोष छ । जब कि वास्तविकता त्यस्तो होइन । अभिभावकले स्वयंलाई थोरै शान्त राख्नुपर्छ । आफ्नो जोडीसँग बच्चाको उक्त समस्याका बारेमा छलफल गर्नुपर्छ र कुनै उपाय निकाल्नुपर्छ ।

बच्चालाई शान्त बनाउने कोसिस गर्ने

रिसमा देखिने बच्चाहरुलाई त्यति बेलासम्म बेवास्ता गर्नुपर्छ । जबसम्म उनीहरुले स्वयंका लागि कुनै खतरा पैदा गदैनन् । त्यस्तो बेलामा बच्चा भएको कोठाबाट बाहिरिनुपर्छ । यदि बच्चाले रिसको झोंकमा हिर्काउने, टोक्ने, लात्तिले हान्ने जस्ता कि्रयाहरु गर्न थाल्यो भने र सामानहरुलाई उठाएर फ्याँक्न थाल्यो भने उसलाई त्यो ठाउँबाटै बाहिर निकाल्नुपर्छ ।

उनीहरुलाई के महसुस गराउनुपर्छ भने उनीहरुद्वारा अर्कालाई दुःख दिएको तथा सामान फ्याँक्ने जस्तो व्यवहार स्वीकार गर्न सकिंँदैन । जहाँसम्म सकिन्छ, तपाईंले उनीहरुको उपद्रोहमा कुनै पनि प्रतिक्रिया जनाउनु हुँदन । सम्भव भयो भने उनीहरुको हर्कतमा मुसक्क मुस्कुराइदिनुपर्छ । यसबाट उनीहरुलाई के महसुस हुन्छ भने त्यस्ता क्रियाकलापहरुले आफ्नो कुरामा मनाउन खोज्ने उनीहरुको प्रयास प्रभावकारी छैन ।

बच्चालाई स्पेश दिनुपर्छ

‘द डिसिप्लन मिराकल’की लेखिका लिन्डा पर्सनका अनुसार कहिलेकाहीँ बच्चा आफ्नो रिसलाई बाहिर निकाल्न चाहन्छ भने उसलाई निकाल्न दिनुपर्छ । आफ्नो भावनाहरुलाई बाहिर निकालेपछि बच्चाहरु पनि तनावमुक्त हुन सक्छन् ।

अँगालोमा बाँध्नुपर्छ

कहिलेकाहीँ रिसमा देखाउने बच्चाहरुलाई अँगालोमा बाँध्नु नै पर्याप्त हुन्छ । उसलाई केही नभनी केवल अंगालोमा बाँधिरहनुपर्छ । त्यसले बच्चाले आफू सुरक्षित महसुस गर्छ र उसलाई तपाईंले कत्ति माया गर्नुहुन्छ भन्ने कुरा पनि महसुस हुन्छ ।

भोक लाग्नु पनि कारण

थकावट तथा भोकल बच्चाहरुलाई टेन्ट्रम गराउने मुख्य दुई कारणहरु हुनसक्छन् । त्यसैले उनीहरुलाई समयमा नै खाना खुवाउनुका साथै पर्याप्त सुत्ने वातावरण प्रदान गर्नुपर्छ । समयमा दुध तथा पानी पिलाउनुपर्छ । उसलाई कुनै कुराले गाह्रो त भएको छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment