+
+

असक्षम नेतृत्व चाहिँदैन भन्दै सानेपामा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते १२:५८
पार्टी कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्ता । तस्वीर : रघुनाथ बजगाईं/अनलाइनखबर

२१ पुस, काठमाडौं । ३२ वर्ष नकटेको नेतत्व माग गर्दै नेपाल विद्यार्थी संघको एउटा समूह नेपाली कांग्रेसको कार्यालय सानेपामा अनसन बसिरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउने तयारी गरेका छन् । त्यही सूचना पाएका विद्यार्थी नेताहरुको एउटा समूले २० दिनदेखि रिले अनसन बसिरहेको छ ।

यसक्रममा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो । रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गर्दा संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गर्‍यो ।

सोमबार पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । भेलाका लागि जिल्ला सभापतिहरु पार्टी कार्यालय पुग्दा विद्यार्थी नेताहरुले भने असक्षम नेतृत्व चाहिँदैन, बहुमतको दम्भले पार्टी अब चल्दैन भन्दै नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?