
२१ पुस, काठमाडौं । निर्वाचन आयोगले दार्चुलाको मार्मा गाउँपालिका वडा ३ को वडाध्यक्षले दल त्याग गरेकाले उक्त पद रिक्त रहेको सूचना जारी गरेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित महादेवसिंह डडालले दल त्याग गरेकाले उक्त पद स्वत रिक्त हुन गएको आयोगले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
कांग्रेसले वडा अध्यक्ष डडालले दल त्याग गरेको जानकारी गराएपछि निर्वाचन आयोगको आइतबारको निर्णयले उक्त पद रिक्त हुन गएको जनाएको हो ।
यस्तै पाँचथरको फिदिम नगरपालिका वडा १४ को दलितकोटाबाट निर्वाचित तेजमाया विकले पनि दल त्याग गरेकाले उक्त पद पनि सूचना प्रकाशन भएको मितिदेखि रिक्त भएको मानिने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4