Comments Add Comment

एमएम कप : एपीएफद्वारा एमएमसीसी इनरुवा पराजित

२१ पुस, इनरुवा । मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ए को दोस्रो खेलमा विभागीय टोली एपीएफले स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको छ ।

सुनसरीको इनरुवामा जारि प्रतियोगितामा जितको बाबजुद पनि पहिलो खेल हारिसकेको एपीएफको सेमिफाइनल सम्भावना कमजोर रहेको छ । सोमबार भएको खेलमा एपीएफ त्रिभुवन आर्मीसँग पारजित भएको थियो । अब यो समूहमा मंगलबार त्रिभुवन आर्मी क्लब र इनरुवाबीच खेल हुनेछ । उक्त खेलमा इनरुवाले आर्मीलाई पराजित गरेमा तीनवटै टोलीको समान २ अंक हुनेछ र यस्तोमा तीनमध्ये नेट रन रेटमा अघि हुने टिम सेमिफाइनल प्रवेश गर्नेछ ।

आर्मी विजयी भएमा भने बर्मी समूह विजेता हादै सेमिफाइनल पुग्नेछ भने एपीएफ र इनरुवा बाहिरिनेछ ।

इनरुवा क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा इनरुवाले ३६.२ ओभरमा १२१ रन मात्र बनाउन सक्यो ।

इनरुवाका लागि रभी रोयले सर्वाधिक २६, रुपेश श्रीवास्तवले २३ तथा विवेक मेहताले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि देब्रे हाते स्पिनर सूर्य तामाङले सर्वाधिक ४ विकेट लिए । उनले ८.२ ओभरमा २ मेडन ओभर गर्दै २५ रन खर्चिए । यस्तै कप्तान बसन्त रेग्मीले ७ ओभरमा १ मेडन गर्दै मात्र १० रन खर्चिएर ३ विकेट लिए । यज्ञमान कुमालले २ तथा अमर सिंह रौटेलाले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले ४३.४ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो।

एपीएफको लागि सुमित महर्जनले सर्वाधिक ८३ रन बनाए । उनले १ सय ७ बल खेल्दै ७ चौका प्रहार गरे । शंकर रानाले ३६, प्रदिप ऐरीले १९ तथा सन्दीप जोरा र बसन्त रेग्मीले १२ रन बनाए ।

इनरुवाको लागि अफ स्पिनर सरोज बस्नेतले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन ओभर गर्दै ३९ रन खर्चिए । यस्तै भुपाल लुइँटेल, सोनु मण्डल  र अल्फाज मन्सुरीले समान २ विकेट लिए।

एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसंग १०८ रनको हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment