+
+

एप्पल सीईओ टिम कुकको कमाइ किन घट्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते ८:५४

अमेरिकी कम्पनी एप्पलका लागि समग्रमा बितेको वर्ष सन् २०१९ सुखद् नै रह्यो ।

वर्षको सुरुवात निरासाजनक रहेता पनि उत्तराद्र्धमा धमाकेदार व्यापार गर्न सफल रहँदै एप्पलले सन् २०१९ को सुखद् अन्त्य गर्न सफल भयो ।

तथापि, सीएनबीसीको रिपोर्टअनुसार सन् २०१९ मा कम्पनीले सन् २०१८ मा जस्तो आफ्नो वित्तीय लक्ष्य पूरा गर्न सकेन । एप्पलको समग्र वार्षिक आम्दानीको अंकले कम्पनीका सीईओको वार्षिक तलबमा पनि प्रभाव पारेको छ । रिपोर्ट अनुसार, सन् २०१८ को तुलनामा सन् २०१९ मा एप्पल सीईओ टिम कुकको आम्दानी घटेको छ ।

सन् २०१९ मा कुकले एप्पल कम्पनीबाट १२ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेका छन् । त्यसमध्ये उनको वार्षिक तलब ३० लाख डलर हो । त्यो तलब अघिल्लो वर्षकै जत्ति भए पनि उनको बोनसचाहिँ घटेर ७६ लाख ७० हजार डलरमा झरेको छ । जुन सन् २०१८ मा १ करोड २० लाख डलर थियो ।

अन्य प्रविधि कम्पनीका सिइओहरुले जस्तै कुकले पनि एप्पलको शेयरबाट मनग्गे आम्दानी गरेका छन् । सन् २०१९ मा टिम कुकले कम्पनीको शेयरबाट ११ करोड ३५ लाख डलर आम्दानी गरेका छन् ।

सन् २०१८ को तुलनामा सन् २०१९ मा टिम कुकको कमाइ समग्रमा ८ प्रतिशतले घटेको छ । सन् २०१८ मा उनले १३ करोड ६० लाख डलर कमाएकोमा सन् २०१९ मा साढे १२ करोडमात्र कमाउन सकेका हुन् ।

सन् २०१९ मा एप्पलले आफ्ना उत्पादनको बिक्रीबाट कुल २ खर्ब ५६ अर्ब डलरभन्दा धेरै आम्दानी गरेको छ भने कुल सञ्चालन आय ६० अर्ब डलर रहेको छ । तथापि, यो तथ्यांक कम्पनीको वित्तीय लक्ष्यभन्दा कम भएकाले टिम कुक र एप्पलका अन्य कर्मचारीहरुको वार्षिक बोनसमा गिरावट आएको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?